ताजा समाचार

ट्रम्प-किम ऐतिहासिक वार्ता सुरु (लाइभ भिडियो)

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच ऐतिहासिक वार्ता सुरु भएको छ। उनीहरु दुवै वार्तास्थलमा पुगिसकेको बीबीसीले जनाएको छ।

दुवै नेताले एक आपसमा हात मिलाएर ऐतिहासिक भेटवार्ताको सुरुवात गरेका थिए। यो भेटवार्ता ४५ मिनेटदेखि एक घण्टासम्म चल्ने अनुमान गरिएको छ। वार्तामा दुवै नेताका दोभाषे पनि उपस्थित रहेका छन्।

किम जोङ उनसँग भेट गर्नुपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा ट्विट गरेका छन्। जसमा किमसँगको बैठकलाई लिएर ट्रम्प स्वयं आशावादी नभएको संकेत देखिएको छ। ट्रम्पले लेखेका छन्, ‘स्टाफका सदस्य र प्रतिनिधिबीच सबै कुरा राम्रो भयो। तर, यसले धेरै अर्थ राख्दैन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org