पत्रकार बुखारीको शवयात्रामा हजारौँको सहभागिता
श्रीनगर, भारत, १ असार । भारत अधिनस्थ कश्मिरमा बिहीबार मारिएका एकजना सम्पादकको शवयात्रामा हजारौँको सहभागिता भएको छ ।
काश्मिरका पत्रकार सुजत बुखारीको बिहीबार साँझ श्रीनगरमै गोलीहानी हत्या गरिएको थियो । उnको हत्या आतङ्ककारीले गरेको अधिाकारीहरुले जनाएका छन् ।
उनी श्रीनगरका एकजना वरिष्ठ पत्रकार हुन् । अङ्ग्रेजी भाषाको पत्रिका राइजिङ काश्मिर दैनिकका सम्पादक बुखारीको हत्याको कारण खुलेको छैन । कुनै समूहले सो हत्याको जिम्मेवारी पनि लिएको छैन ।
उनलाई बिहीबार साँझ आफ्ना दुई जना सुरक्षा गार्डसहित रहेको बेला गोली हानेका थिए । गोली लागेका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।
गोली लागेका उनका दुई जना सुरक्षा गार्डको पनि बाटोमै निधन भएको थियो ।
उनको शवयात्रा शुक्रबार बिहान श्रीनगरको एक स्थानीय अस्तालबाट सुरु भएको थियो । त्यस क्रममा हजारौँ स्थानीय सहभागी भएका थिए ।
उनी काश्मिरमा शान्तिका लागि पहल गर्ने एकजना व्यक्ति हुन् । तर अतिवादीहरुले उनको भूमिकाको आलोचना गर्ने गर्दथे ।
उनलाई बिगतमा पनि पटक पटक आक्रमणको प्रयास गरेको बताइएको थियो । सोही कारण उहाँलाई स्थानीय सरकारले नै अङ्गरक्षक प्रहरी दिएको थियो ।
उनले गत वर्ष दुबइमा भारतीय सरकारको नै प्रतिनिधित्व गरेर काश्मिरका विषयमा पाकिस्तानसँग वार्ता गरेका थिए । उनी ५० वर्षका हुन् ।
उनको निधनको भारतका विभिन्न अधिकारवादी संघसंस्था तथा पत्रकारले विरोध गरेका छन् । उनीहरुले दोषीमाथि कडा कारबाहीको पनि माग गरेका छन् ।
Comments
अरु समाचार
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...