राष्ट्रिय ध्वजावाहक छोडेर निजि विमानमा चीन जान लागेका प्रम आेलीले भने, राष्ट्रपतिसंग नेपालको दृष्टिकोण राख्छु
काठमाडाैं ४, असार । प्रधानमन्त्री केपि शर्मा आेली ६ दिने राजकिय भ्रमणका लागि भोली ५ गते मंगलबार जम्बो टोलीसहित चीन प्रस्थान गर्दै छन् ।
ओली चिनियाँ समकक्षी लि खछ्याङको निमन्त्रणमा भोलि चीनको औपचारिक भ्रमणमा जान लागेको संसदमा जानकारी गराएका छन् । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति शी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै खछ्याङसँग प्रतिनिधिमण्डल स्तरमा वार्ता गर्नेछन् ।
उनीसँगै चीन भ्रमणमा सरकारी र निजी क्षेत्रका प्रतिनिधि गरी ११९ जना सहभागी हुँदैछन्। निजी एयरलाइन्स कम्पनीको विमान चार्टर गरेर प्रधानमन्त्री ओली जम्बो टोली लिएर चीन जान लागेका हुन्।
नेपाल वायुसेवा निगमको राष्ट्रिय ध्वजावाहक विमान छाडेर प्रधानमन्त्री ओली चीनको तिब्बत एयरलाइन्स र नेपाली व्यवसायी आङ छिरिङ शेर्पाको लगानी रहेको हिमालय एयरको विमान चार्टर गरेर प्रधानमन्त्री जाँदै छन् ।
उनले चीन भ्रमणका क्रममा आ–आफ्ना प्राथमिकतामा रहेका विषयमा एक अर्कामा जानकारी गराउने भन्दै नेपाल सरकारले अघि सारेको विकासको लक्ष्यलाई सघाउन चीनले गर्ने सहयोगका बारेमा बिशेष कुराकानी हुने बताए ।
चीनले अघि सारेको वाल वेल्ट वान रोड, कनेक्टीभिटीको क्षेत्र र पारस्परिक तथा लगानीका क्षेत्रमा के कसरी जान सकिन्छ भनेर गरेको हस्ताक्षरको मेमोभित्र पोर्ट, हवाइ, रेलमार्ग अप्टिकल फाइबरलाई प्रभाबकारी बनाउने, तातोपानी नाका लगायत थप करिडोरहरुमा समझादरी हुने प्रधानमन्त्रीले जानकारी दिए ।
चिनियाँ नेताहरुसँगको भेटमा ब्यापार घाटा काम गर्ने तथा ओबर अन्तरगत पूर्वाधार विकास, रेल-सडक निर्माण र जलविद्युत आयोजना कार्यान्वयनमा चिनियाँ सहयोग कसरी जुटाउने छलफल गर्ने प्रधानमन्त्रीले बताए ।
भ्रमणमा रेल्वे, उर्जा सहयोग, पुनर्निर्माणमा द्विपक्षीय सम्झौता तथा समझदारी हुने उनले बताए । ‘मुलुकको बृहत्तर हित, राष्ट्रिय स्वभिमानलाई केन्द्रमा राखेर नेपालको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर द्विपक्षीयबीच सम्झौता र छलफल गरिनेछन्’ प्रधानमन्त्री ओलीले संसदमा भनेका छन् ।
संसदमा सम्बोधनको पूर्णपाठ:
Comments
अरु समाचार
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...












