ताजा समाचार

डा. देवकोटाको अन्त्येष्टि भोली, सात दिनमै काज किरिया सक्ने

 

काठमाडाैं ४, असार । डा. देवकोटाको अन्त्येष्टि भोली अर्थात मंगलबार पशुपति आर्यघाटमा गरिने भएको छ ।

डा. देवकोटाको काजकिरिया उनकी पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने विज्ञप्तिमा जनाइएको छ । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पतालले जनाएको छ ।

पूर्व स्वास्थ्यमन्त्री डा देवकोटाको पार्थिव शरीर मंगलबार बिहान ८ बजेदेखि अपराह्न १ बजेसम्म श्रद्धाञ्जलिका अस्पताल परिसरमा राखिनेछ भने त्यसपछि नारायणगोपाल चोकबाट शवयात्रासहित पशुपति आर्यघाटमा विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिनेछ ।

विसं २०१० पुस ४ गते गोरखाको पण्डितगाउँ लिगलिगमा जन्मेका डा. देवकोटाका श्रीमती र तीन छोरी छन् ।

पित्तथैलीको अर्बुदरोगका कारण करीब एक वर्षअघिदेखि पीडित डा. देवकोटाको साँझ ५ः३५ बजे निधन भएको उनका भजिता वसन्त देवकोटाले जानकारी दिएका छन् । छ महिनाअघि बेलायतमा उपचार गर्न लगिए पनि रोग निको नहुने भएपछि उहाँ स्वदेशमै देहत्याग गर्ने इच्छासहित स्वदेश फर्केका थिए ।

बिरामी अवस्थामा नै आफू जन्मेको घरको पिँढीमा सुस्ताउने र त्यहाँको सिस्नेधाराको पानी पिउने इच्छा गरेबमोजिम उहाँलाई गत जेठ २६ गते हेलिकप्टरमा त्यहाँ लगिएको थियो ।

यो पनि पढ्नुहोस्

डा. उपेन्द्र देवकोटाको निधन

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org