ताजा समाचार

नेपालको विकासका लागि चीनियाँ राष्ट्रपति सकारात्मक देखिए : प्रधानमन्त्री

 

काठमाडौं,१० असार । ६ दिने चीनको औपचारिक भ्रमण सकेर आज प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश आइपुगेका छन्।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री र्इश्वर पोखरेल,नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल लगाएतले स्वागत गरे।

अाइतबार विहान स्वदेश अाइपुगसँगै त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र  चीनबीच १४ वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको बताएक छन्।

प्रधानमन्त्री अाेलीले  चीनियाँ राष्ट्रपति नेपालको विकासका लागि  सकारात्मक देखिएका बताएका छन् ।  साथै प्रधानमन्त्रीले  रेलवे नयाँ प्रयोग र नयाँ उपलब्धि भएको बताउँदै रेलमार्ग बन्न केही समय लागे पनि जुलाईभित्र ट्रान्जिट ट्रान्सपोर्ट सम्बन्धमा आवश्यक तयारी पुरा हुने जानकारी दिए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org