ताजा समाचार

अवैध सुनको कारोबार : सुनको मूल्य १ करोड ५० लाख

काठमाडौँ,१७ असार । नेपालमा अवैध सुनको कारोबार गर्ने भारतीय ठेकेदारलाई शनिबार प्रहरीले पक्राउ गरेकाे छ ।

काठमाडौँ बाहिरिने नाका नागढुङ्गामा चेक गर्ने क्रममा अशोक सिंह र संजना साहलाई प्रहरी पक्राउ गरेकाे हाे ।

भारतको उत्तराखण्ड जिल्ला चम्पावत टनकपुर नयाँबस्तीमा बस्ने उनीहरूले कान्तिपथको यल्लो प्यागोडा होटेलको १ सय ७ नम्बर कोठा बुक गरे। केही दिन होटेलमा नै बिताएका थिए ।

शुक्रवार राति गाडी लिएर महेन्द्रनगर हुँदै भारतको चम्पावत जादै गरेका उनीहरुलाई शनिबार दिउँसो काठमाडौँ बाहिरिने नाका नागढुङ्गामा चेक गर्ने क्रममा ३ केजी सुन सहित  प्रहरीले पक्राउ गरेकाे थियाे । उक्त तीन किलो सुनको मूल्य १ करोड ५० लाख रुपैयाँभन्दा बढी रहेकाे बताइएकाे छ।

नेपाली नागरिकतासमेत साथमा राखेकी संजना शाह सी ग्रेड र अशोक ए ग्रेडका ठेकेदार भएकाे प्रहरीले जनाएकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org