ताजा समाचार

शसस्त्र प्रहरी बलमा नयाँ संरचना लागू, प्रत्येक प्रदेशमा बाहिनी

काठमाडाैं १८, असार । अर्धसैनिक प्रकृतिको शसस्त्र प्रहरी बलको नयाँ संरचना तयार भएको छ । संघिय संरचनामा जाने उद्धेश्यका साथ यो संरचना तयार गरिएको हो

जस अनुसार प्रत्येक प्रदेशमा बाहिनी स्थापना गरिने भएको छ ।

उपत्यका हेर्न छुट्टै बाहिनी तथा हाल रहेको सिमा सुरक्षा कार्यालयलाई गणमा स्तरोन्नती गर्नुका साथै सवै बोर्डर आउट पोष्टको अनाश्रित संरचना हटाइएको छ । अव विओपी स्थायीबाट अस्थायी प्रकृतिका भएका छन् ।

नयाँ संरचना अनुसार प्रदेश नम्वर १ मा २१ वटा यूनिट रहने भएको छ ।

जसमा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरमा गण स्थापना हुने भएको छ । ती जिल्लामा १४ वटा गुल्म रहने भएको छ । जसमा दुइ वटा भन्सार गुल्म, दुई उद्योग र दुइ वटा आश्रित गुल्म रहने भएको छ । सोही प्रदेशमा एक शिक्षालय समेत रहने भएको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org