बाढिले पुल बगाउँदा परिक्षा स्थगित
दार्चुला २७,असार। दार्चुला ।नौगाड गाउँपालिका–६ स्थित गएराति अबिरल वर्षाका कारण नौगाड खोलामा आएको बाढीले पुल बगाएको छ। नौगाड खोलामा आएको बाढीले पुल बगाएपछि जनहित माविमा सञ्चालन भइरहेको प्रथम चौमासिक परीक्षा स्थिगित गरिएको छ ।
विद्यालय जान खोलामा निर्माण गरिएको काठे पुल बाढीले बगाएपछि परीक्षा स्थिगित गरिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रेमसिँह ठगुन्नाले जानकारी दिए ।
बाढीले पुल बगाउँदा विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् । सर्वसाधारण एउटा गाउँबाट अर्को गाउँमा आवतजावत गर्न सकिरहेका छैनन् । “खोलामा एक्कासि पानीको बहाव बढ्यो, पुल बगाएपछि विद्यार्थी कोही आउन नसकेपछि परीक्षा स्थिगित गर्नु परेको हो,” सहायक प्रधानाध्यापक ठगुन्नाले भने ।
जनहित माविमा प्रथम चौमासिक परीक्षा दिइरहेका १५० विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।
बाढीले जमीनसमेत कटान गरेको स्थानीयवासी बहादुरसिंह ठगुन्नाले बताए ।
यस्तै, सोही क्षेत्रको देथला–धुलिगडा सडकखण्डको ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकको पर्खाल भत्किएको छ । तीन दिनदेखि जिल्लामा दिउँसो घाम लाग्ने तथा रातिको समयमा भारी वर्षा हुने गरेको छ
Comments
अरु समाचार
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...
-
नेपालसामु जितका लागि २१० रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ ।...
-
नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
काठमाडौं । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
मादी नदीमा धमाधम पुल निर्माण हुँदै
काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।सवारी साधन...
-
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति...
-
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित...