विपन्नताले पुछिएको सिन्दूर : १५ बर्षमा विहे, २१ बर्षमा विधुवा !
काठमाडाैं २८, असार । लीला रोकालाई सानैमा बिहे गर्नु हुँदैन भनेर घरपरिवार र गाउँमा कसैले सल्लाह दिएन । न त गाउँघरमा पढेर ठूलो मान्छे बनेको कोही थिए ।
पढ्नुपर्छ भनेर अर्ती दिने पनि कोही भएनन् । गाउँघरमा रीति नै यस्तै थियो बैंस नआउँदै बिहे गरिहाल्नुपर्ने । आठ कक्षामा पढ्दा १५ वर्षको उमेरमा बिहे गरेकी २१ वर्षीया लीला रोकाको यतिबेला सिन्दूर पुछिएको छ । गत शुक्रबार मुस्ताङमा भएको टिपर दुर्घटनामा उनका २३ वर्षीय पति राष्ट्रे रोका मारिएपछि उनका लागि संसार अँध्यारो बनेको छ । पाँच वर्षीय छोरा साथमा लिएर टोलाइरहेकी छन् लीला।
‘म १५ वर्षकी थिएँ, उहाँ १७ वर्षका हुनुहुन्थ्यो । पढ्दापढ्दै बिहे गरियो । एक वर्षमा छोरो जन्मियो । आयस्रोत केही नाइँ । बुवा, आमा, भाइ, म अनि छोरो पाल्ने सोचमा उहाँ विदेश जानुभो । मलेसिया गएको तीन वर्षमा फर्कनुभो’, लीलाले विगत सुनाइन्, ‘ऋण गरेर विदेश कमाउन गएको उतै बिरामी पर्नु भएछ । पैसा नकमाएरै फर्किनुभो ।’ दुर्घटनामा पतिसहित जेठाजु, देवर र आमाजू गुमाएकी लीलाको काँधमा अब सासूससुरा र पाँच वर्षको छोराको जिम्मेवारी थपिएको छ ।
मजदुरी गरेर कमाएको पैसाले छोरा पढाउने आशा बोकेर मुस्ताङ पुगेका राष्ट्रेले गत वैशाखमा पत्नी लीला र छोरा मौसमलाई दाङ लालमटिया पठाएका थिए । ‘छोरो पढाउने भन्दै वैशाखमा दाङ झर्यौं । लालमटियासिथत बोर्डिङमा भर्ना गरेका थियौं । मजदुरी गरेर पैसा कमाउँछु र आफूले नपढे पनि छोरालाई पढाउँछु भन्नुहुन्थ्यो,’ भक्कानिँदै लीलाले सुनाइन् ।
उनका अनुसार मलेसिया जाँदा लिएको ऋण तिर्नै बाँकी छ ।पतिको लास लुंग्री किनारमा जल्दै गर्दा अर्धचेत् बनेकी लीला अहिले न खुलेर रुन सक्छिन् न त आँसु लुकाएर बस्न सक्छिन् । सासूससुरा र छोरालाई सम्हाल्न आँसुसमेत लुकेर झार्नुपर्ने बाध्यता छ उनलाई । पलपल तड्पिरहेकी लीला आफ्नो भन्दा पनि छोराको भविष्यबारे चिन्तामा छिन् ।,यो खबर आजको नागरिक दैनिकमा छ ।
Comments
अरु समाचार
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
दुर्घटना हुँदा दुईजनाको मृत्यु
काठमाडौं । दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ । लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको...
-
माइक्रोबसको ठक्करबाट नातीको मृत्यु, हजुरआमा गम्भिर घाइते
काठमाडौं । माइक्रोबसको ठक्करबाट पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज एक जना बालकको मृत्यु...
-
टी–२० क्रिकेटमा इंग्ल्यान्डसँग अस्ट्रेलिया तीन विकेटले पाराजित
काठमाडौं । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्जुनधारा...
-
भाइको हत्या अभियोगमा एकजना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले भाइको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–८...
-
बागलुङ दुर्घटनामा अपडेटः गाउँपालिका उपाध्यक्षको मृत्यु, अन्यको सनाखत हुन बाँकी
काठमाडौं । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु...
-
आफन्तलाई थाहै नदिई शव पुर्याइयो घाटमा, प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टम गर्दै
काठमाडौं । पालुङटार नगरपालिका–५ मर्स्याङ्दी नदिकिनारमा सदगदका लागि पुराइएको शव गोरखा प्रहरीले बरामद गरी गोरखा अस्पताल ल्याएको छ । शवको...
-
२ सय ३५ किलो गाँजासहितको बोलेरो नियन्त्रणमा
काठमाडौं । सशस्त्र प्रहरीले सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाबाट गाडिसहित २३५ किलो गाजा नियन्त्रणमा लिएको छ। गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा...
-
खोलाले बगाउँदा दुई जनाको मृत्यु
काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको...