साठी दिनमै निर्वाचन गर्ने क्षमता आयोगसँग रहेको दाबी :प्रमुख निर्वाचन आयुक्त यादव
तनहुँ २९,असार। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हरेक तहको निर्वाचनका लागि मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोेगलाई दिइनुपर्ने बताए ।
जिल्ला निर्वाचन कार्यालय तनहुँको नवनिर्मित भवनको आज दमौलीमा उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनको मिति कानूनमा उल्लेख गरी सो अधिकार आयोगलाई दिइनुपर्छ भने । अझै पनि त्यो अधिकार मन्त्रिपरिषद्ले आफैँसँग राखेको भन्दै उनले आयोगले खुलेर काम गर्न नपाएको बताए। त्यस्तो अधिकार सरकारले नै राख्दा आयोगले समयमै निर्वाचन गर्न पाएको बताए।
आगामी दिनमा १२० दिनमा होइन, ६० दिनमै निर्वाचन गर्ने क्षमता आयोगसँग रहेको दाबी उनले गरे। अहिले पनि आयोगले संगठनात्मक संरचना तयार पार्ने, जनशक्ति व्यवस्थापन गर्ने, निर्वाचनको समीक्षा गर्ने, ७७ वटै जिल्लामा मतदाता नामावली संकलन गर्ने काम भइरहेको जानकारी यादवले दिए। तीनवटै तहको निर्वाचन सफल बनाउन सबै क्षेत्रबाट सहयोग पुर्याइएकामा उनले धन्यवादसमेत दिए ।
प्रमुख जिल्ला अधिकारी भरतराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदी, जिल्ला निर्वाचन कार्यालय तनहुँका निमिक्त प्रमुख हरिप्रसाद लामिछानेलगायतले उक्त भवन बनेपछि लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको निर्वाचनसम्बन्धी गतिविधि गर्न सहज हुने बताए।
आठ आना क्षेत्रफलमा निर्माण भएको तीनतले १२ कोठे भूकम्प प्रतिरोधात्मक सो भवन रु एक करोड ४८ लाखको लागतमा निर्माण गरिएको हो
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...