तेक्वान्दोका ब्ल्याक बेल्ट सहिद पुत्र राजु दियाली बन्लान त स्केच आर्टिस्ट ?
काठमाडाैं ३०, असार । नेपाल र नेपालीलाई सामन्ती वर्गबाट मुक्त गराउने एउटा सशस्त्र बिद्रोह जो १० वर्षे जनयुद्ध रुपमा चिनिन्छ । त्यहि जनयुद्ध सर्वहारा वर्गको मुक्ति या मृत्यु स्वीकारेर जनमुक्ति सेनामा भर्ति भएका लमजुङ बाँझाखेत वडा नं १ का लुक मान बि.क. २०५९ जेष्ठ ७ गते कहिल्यै नमर्ने गरि सहिद भए ।
उनी मुलुकको सम्बृद्वि र स्थयित्व सहितको कम्युनिष्ट शासन व्यवस्थाका पक्षमा लड्दा लड्दै ज्यानको आहुति दिने हजाराैं मध्ये एक हुन् । भलै उनी युद्ध भुमिमै नभइ घर नजिकैको स्थानमा चिउरा तरकारी खाने क्रममा सुराकि लागेर ज्यान गुमाउन पुगे तर जे जस्तो भएपनि उनको ज्यान जानुमा माआेवादी युद्ध नै थियो भन्नेमा कुनै आशंका छैन् । उनी सहित अन्य पाँच जनाले संगै ज्यान गुमाएका थिए ।
लुक मान बि.क. र डालमाया बि.क.बाट दुई सन्तान जन्मिए तिनै मध्येका जेठो सन्तानको रुपमा जन्मिएका छोरा राजु दियाली भने सहिद स्मृति आवासीय विद्यालय पोखराबाट १२ को परिक्षा सकेर भविष्यको खोजीमा काठमाडाैं आएका रहेछन् । उनी म्यानेजमेन्टका विद्यार्थी हुन् । उनको पढाइ भने लमजुङकै कार्की डाँडामा ५ कक्षासम्म अध्यन गरेपछि कक्षा ६ मा पढ्न पोखरा पुगेका हुन् । तर, उनलाई आफ्नो बाबाको बारेमा धुमिलो याद बाहेक अरु केहि छैन् ।
सहिद प्रतिष्ठानको केन्द्रिय कार्यालय बालाजुमा काठमाडाैं छिर्ने वित्तिकै पुगेका उनीसंग म काम विशेषले पुगेका बेला भेटघाट भयो । झण्डै एक घण्टा लामो भेटघाटमा उनले आफ्नो अतित र काठमाडाैं आउनुको कारणका बारेमा भनिसकेका थिए । मलाई लाग्दै थियो की यो कुनै कथा हो या सत्य घटना !
पोखरामा शहिद प्रतिष्ठान नेपालले विद्यालय सञ्चानल गरेको छ जहाँ सहिद तथा वेपत्ता योद्धाका छोराछोरीहरु अध्ययन गर्ने गर्छन् । तर, शिक्षा भने पुरै नि:शुल्क गरिएको छ । त्यति मात्र नभइ सहिद प्रतिष्ठान अन्तरगतका विद्यालयमा विद्यार्थीले प्रयोग गर्ने कापी कलम देखि ड्रेस, खाना, बस्न र शैक्षिक भ्रमणको समेत व्यवस्था गरिएको छ ।
त्यहि विद्यालयबाट १२ को परिक्षा सकेर सुनाैलो भविष्यको खोजीमा आएका दियाली काठमाडाैंको एउटा तेल कम्पनीमा लोड अनलोड गर्ने काम गर्न पुग्छन तर विडम्बना त्यहाँ पुरानो कामदार आएकाले उनको जागिरमा त्यहि पूर्णविराम लाग्छ ।
उता आमा डालमाया पोखराको विद्यालयमै काम गर्छिन् । २०६६ सालमा कार्यालय सहयोगिबाट जागिर सुरु गरेकी उनी आजसम्म त्यहिँ कार्यरत छिन् । पोखरामा जसोतसो जिवन गुजारा गरिरहेकी डालमायाले सरकारले सहिद परिवारलाई उपलब्ध गराएको रकमबाट चितवनको रामपुर भन्ने ठाँउमा २५ धुर जग्गा जोडेकी छन् ।
उनको पुर्ख्याैली सम्पत्तिपनि यत्रतत्र छ । तीन भाइ बुवाका दाजुभाई मध्ये कान्छाको लागु पदार्थ सेवका कारण निधन भइसकेको छ भने, माइलाले उनको बुवाको निधन पश्चात कुनै वास्ता नगरेकाले बोलचाल समेत छैन् । पैतृक सम्पत्तिका नाममा लमजुङमा भएको घर भुकम्पका कारण भत्केको र माइला बुवाले काठमाडाैंको ललितपुरमा दुई तले घर बनाएको सुनेको बताउने दियालीले भने न त्यो घर देखेका छन् न उनलाई भेटेका नै छन् ।
राजुको बाल्यकाल र उनको शोख:
तेक्वान्दोमा ब्ल्याक बेल्ट पाएका उनी अन्तराष्ट्रिय खेल समेत खेलिसकेका छन् । उनले नेपालको प्रतिनिधित्व गर्दै तेकवान्दोमा दोश्रो भएको भएपनि खेल क्षेत्रलाई विविध कारणले गर्दा रोज्न नसकिएको बताउछन् । काठमाडाैं छिरे देखि उनमा एउटा हुटहुटी चलेको छ, स्केच आर्टिस्ट बन्ने !
आफ्ना बुवाको स्केच बनाएर स्केच आर्टमा हाम फालेका उनी अन्तत: ललितकला क्याम्पसमा पढ्ने अनि नेपालको आर्ट सेक्टरमा केहि गरेर देखाउने सोचमा छन् । तर, गरिबीका कारण उनको हातमुख जोड्न भने समस्या परेको उनी बताउछन् । काठमाडाैंमा जागिर पाएपछि काम गरेरै भएपनि अध्ययन पुरा गरेर आमा बुवाको सपना साकार पार्ने ध्याउन्नमा छन्, दियाली !
स्कोच बनाउन केहि सिक्नु पर्ने आवस्यकता देखेपछि पोखराको महेन्द्रपुल स्थित एकजना गुरुकोमा गए तर, फि तिर्न नसक्ने देखेपछि भने उनी २० दिन मै त्यहाँ जान छोडे । उनमा जागेको कलाप्रतिको प्यासनले कुतकुति लगाउन छोडेको थिएन जसका कारण उनी २० वर्ष देखि स्केच बनाउदै आएका थामन सुनार कहाँ पुगे। सुनारले उनलाई कुनै फि नलिएर सिकाउने भनेर बोलाए र सिकाए पनि ।
थामन सुनारले सुझाए तिमि गर्न सक्छाै काठमाडाैं जाउ पढेर आयाै भने यो फिल्डमा केहि गर्न सकिन्छ । दियाली काठमाडाैं स्केच आर्टिस्ट बन्ने ध्याउन्नमा छिरेका छन् तर उनलाई काठमाडाैंमा राम्रो मार्ग निर्देश गर्ने मान्छे नभएर हरेक दिन नयाँ समस्यासंग जुध्नु परेकोमा कहिलेकाँहि दुख लाग्ने गरेको बताए । तर, आफ्नो अडानमा अडिक उनी जसरी भएपनि स्केच आर्टिस्ट बनेरै छाड्ने संकल्प गरेका छन् ।
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...