ताजा समाचार

उपत्यकामा हतियार कारोबार गर्ने तीन जना पक्राउ

काठमाडाैं ३१ असार । हतियारको कारोबार गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्व टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा रामेछापको लिखु स्थायी घर भएका कृष्ण बहादुर जोशी, रामेछापको दोरम्बाका आशुराम मोक्तान र ताप्लेजुङका हेमराज पौडेल रहेका छन् ।

लामो समयदेखी हतियार सप्लाई गर्दै आएको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंका इन्सपेक्टर अनिल ठकुरीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई ललितपुरको नखिपोटबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ५ राउण्ड गोली र दुई वटा म्याजिन पनि बरामद भएको छ ।

थप अनुसन्धान भइरहेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org