म्याग्दिबाट अठार मेट्रिक टन जडीबुटी निकासी
म्याग्दी ३१,असार । पहाडी जिल्ला म्याग्दीबाट आर्थिक वर्ष २०७४-७५ मा करीब १८ मेट्रिक टन जडीबुटी निकासी भएको छ ।
म्याग्दीका वनजंगलमा संकलन गरिएका ११ प्रजातिका १७ हजार ९७४.२५ किलोग्राम जडीबुटी निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ । जडीबुटी निकासीका लागि अनुमति दिएवापत रु दुई लाख ७१ हजार ८० राजश्व संकलन भएको सहायक वन अधिकृत राजकुमार ठाकुरले जानकारी दिए ।
सबैभन्दा बढी १२ हजार ९७२ किलोग्राम खोटो निकासी भएको छ । छ सय किलोग्राम नागबेली, ४३० किलोग्राम कुटुकी, ८५० किलोग्राम लोत्ता, ४३५ किलोग्राम सतुवा, एक हजार १९० किलोग्राम भिरमह, एक हजार ७० किलोग्राम विष जरा, ६० किलोग्राम जटामसी, २.६५ किलोग्राम यार्सागुम्बा, ८४ं.६ किलोग्राम वनलसुन र २८० किलोग्राम साधारण च्याउ निकासी भएको छ ।
आर्थिक वर्ष २०७३÷७४ मा १५ प्रजातिका चार हजार ७८४.७ र २०७२÷७३ मा विभिन्न १५ प्रजातिका १० हजार ६६८ किलोग्राम जडीबुटी निकासी भएको थियो । यसैगरी वनपैदावार र जडीबुटीजन्य उद्योगको प्रवद्र्धनका लागि वन कार्यालयले यस वर्ष करीब रु आठ लाख अनुदान उपलब्ध गराएको छ ।
बेनी नगरपालिका–९ घतानको निलपहरा सामुदायिक वनमा जडीबुटी भण्डारण तथा प्रशोधन केन्द्रको भवन निर्माण गर्न र धवलागिरि गाउँपालिका–७ धारापानीको नेप्लिज ह्याडिक्राफ्ट उद्योगलाई अल्लो प्रशोधन गरेर कपडा उत्पादन गर्ने औजार खरिद गर्न रु तीन लाख ९० हजारका दरले अनुदान उपलब्ध गराएको जिल्ला वन अधिकृत माधव देवले जानकारी दिए ।
उनले यस वर्ष म्याग्दीमा १२ हेक्टर क्षेत्रफलमा मसलेदार फल टिमुरको खेती विस्तार र रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको कृष्ण तालाबन्दी सामुदायिक वन समूहमार्फत डेढ हेक्टर क्षेत्रफलमा सतुवा जातको जडीबुटीखेती शुरु गरिएको जानकारी दिए।
Comments
अरु समाचार
-
नेप्से परिसूचक २४.३९ अंकले बढ्यो
काठमाडौं। धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २४.३९ अंकले बढेर बन्द भएको छ । नेप्से १.२३ प्रतिशतले वृद्धि भएर...
-
तोलामा रु तीन सयले घट्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार...
-
संघीय संसदको बजेट अधिवेशन आजदेखि, शीर्ष नेताले सम्बोधन गर्दै
काठमाडाैँ । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३...
-
सुन तोलामा रु आठ सयले घट्यो
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...
-
प्रतितोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८००...
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
प्लास्टिकविरुद्ध पृथ्वी अभियानमा ग्लोबल आइएमई बैंकको ऐक्यबद्धता, खपत कम गर्ने
काठमाडाैं । प्लास्टिकको खपत कम गरिने ग्लोबल आइएमई बैंकले 'प्ल्यानेट भर्सेस प्लास्टिक' (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...