पाकिस्तानमा चुनावी हिंसा रोकिएन
इस्लामावाद, ३१ असार । पाकिस्तानमा यही जुलाई २५ मा हुन लागेको आमनिर्वाचनको प्रचारप्रसारका लागि आयोजना गरिएका विभिन्न राजनीतिक दलका कार्यक्रममा हिंसा पनि बढेको छ ।
इस्लामावादबाट प्राप्त समाचारअनुसार यस्तो हिंसाको क्रम आइतबार पनि जारी रहेको छ । आइतबार पनि राजधानी इस्लामावादकै एक सभामा बम आक्रमण भएको छ ।
यस आक्रमणमा भएको हताहतको भने समाचार आएको छैन । शनिबारमात्र पनि यस्तै हिंसाका घटनामा परी कम्तीमा १०५ जनाको मृत्यु भएको थियो ।
आइतबार बिहान इस्लामावादमा निर्वाचन प्रचारको लागि आयोजना गरिएको निर्वाचन सभामा बम हमला भएको समाचार प्राप्त भएको छ ।
उक्त आक्रमणमा परी दर्जनौँ व्यक्ति घाइते भएका छन् । तर त्यहाँ के कति जनाको मृत्यु भएको छ भन्ने बारेको पूर्ण विवरण भने आइसकेको छैन ।
शनिबारमात्र पनि बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा भएको घटनामा परी १०५ जनाको ज्यान गएको समाचारमा जनाइएको थियो ।
त्यस्तै सो आक्रमणमा अरु १५० जना घाइते भएका अधिकारीले शनिबार जानकारी दिएका थिए । यसमा परी मृत्यु हुनेमा एकजना स्थानीय नेतासमेत रहेका बताइएको छ ।
लडाकूको समूह इस्लामिक स्टेट (आइएस)ले आफ्नो वेभसाइटमार्फत् घटना आफूले गराएको जिम्मेवारी लिएको छ । पाकिस्तानमा जारी यो पछिल्लो हिंसाका लागि यहाँका आइएस अतिवादी जिम्मेवार रहेका छन् ।
पाकिस्तानमा पछिल्लो तीन दिनमा भएका विभिन्न घटनामा परी १३० भन्दा बढीको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।
यही जुलाइको अन्तिम साताका लागि आह्वान गरिएको संसदकोे निर्वाचनको मिति नजिकिँदै गर्दा हिंसाका घटनामा पनि वृद्धि भइरहेको बताइएको छ ।
Comments
अरु समाचार
-
प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ
काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार...
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...