ताजा समाचार

आेडिसी इन्टरटेन्मेन्टका संचालक सिमान्त गुरुङ पक्राउ, ठगीएका सबैलाई प्रहरीकहाँ सम्पर्क गर्न अनुरोध

काठमाडाैं ३१, असार । ‘DA-BANGG THE TOUR’ नामक कार्यक्रमको आयोजना गरेर बलिउड अभिनेता सलमान खानलाई नेपाल ल्याउने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा सिमान्त गुरुङ र रबिन के.सी. पक्राउ परेका छन् ।

आेडिसी नामक संस्थाले सलमान खान लगायतका कलाकारलाई काठमाडाैं ल्याउने भनेर सवै तयारी गरेपनि सुरक्षा चुनाैति रहेको भन्दै कार्यक्रम स्थगित भएको थियो ।

खानका साथमा चर्चित बलिउड कलाकार ल्याउने घोषणा गरेका गुरुङले फेरि पछि कार्यक्रम हुने भन्दै सर्वसाधारनबाट उठाइएको पैसा फिर्ता गरेका थिएनन् ।

अपराध अमुसन्धान महाशाखाका अनुसार उनीहरुलाई सर्वसाधारणको उजुरीका आधारमा पक्राउ गरिएको हो भने अहिले उनीहरुलाई ठगी महल अन्तर्गत जिल्ला अदालत काठमाडाैंबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जनाएको छ ।

यसका साथै उनीहरुले टिकट बिक्री गरेर ठगेका सर्वसाधारण तथा अन्य प्रयोजकहरु लाई अपराध अनुसन्धान महाशाखामा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ ।

गुरुङ आेडिसीका संचालक हुन भने के.सी. सुपर भाईजर रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org