पत्रकार न्यौपानेको ‘स्कूल बेच्ने बालक’ पुस्तक सार्वजनिक
काठमाडौँ । प्रारम्भिक बाल मनोविज्ञानको सूक्ष्म अध्ययन गरी लेखिएको पत्रकार दामोदर न्यौपानेको पाँचौँ कृति ‘स्कूल बेच्ने बालक’ सार्वजनिक भएको छ ।
शिखा प्रकाशनले आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्मा, सञ्चार विज्ञ विनय कसजु, शिक्षा विज्ञ अञ्जु भट्टराई, बाल अधिकारकर्मी गौरव पोखरेल, शिखा प्रकाशनका अध्यक्ष पुष्पराज पौडेल र साढे चार वर्षीय बालक हार्दिक न्यौपानेले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपकुलपति शर्माले बालबालिकाको मनोविज्ञान बुझ्न परिवारका सबैले पुस्तकबाट ज्ञान लिन सक्ने बताउनुभयो । सञ्चारविज्ञ कसजुले नेपाली साहित्यमा अभावका रुपमा रहेको प्रारम्भिक बाल्यकालको जानकारी दिन पुस्तक सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
शिक्षा विज्ञ भट्टराईले प्रसिद्ध शिक्षा–मनोवैज्ञानिक जिन पियाजेले आफ्नै सन्तानमा अध्ययन गरी दर्शनका पुस्तक लेखेजस्तै आभास न्यौपानेको पुस्तकबाट पाइने सुनाउनुभयो ।
पत्रकार न्यौपानेले छोरा हार्दिकको प्रारम्भिक बाल विकासका संवेगात्मक दैनिक गतिविधिको सूक्ष्म अध्ययन गरी पुस्तक लेखिएको जानकारी दिनुभयो । ३६८ पृष्ठको पुस्तकको मूल्य रु ४५० छ । पत्रकार न्यौपानेका यसअघि ‘एम्बुसमा पाँच वर्ष’, ‘कर्म’ लगायत चार पुस्तक प्रकाशित छन् । पाँचवटा पुस्तकका लेखक न्यौपानेका चारवटा पुस्तक बाल साहित्यमा आधारित छन् । रासस
Comments
अरु समाचार
-
गायक रवि ओड प्रहरी नियन्त्रणमा
धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार...
-
तनहुँमा चलचित्र निर्माण कार्यशाला
काठमाडाैँ । जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । दोस्रो विश्वयुद्धमा...
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...