डिएलएको अध्यक्षमा योगेन्द्र बहादुर अधिकारी नै किन ? अधिकारी यस्तो भन्छन्… (भिडियोसहित)
काठमाडाैं ११, साउन । यहि साउन १२ र १३ गते डेमोक्रेटिक लयर्स एशोसियशन (डिएलए) को दशाैं महाधिवेशनको निर्वाचनकालागि योगेन्द्र बहादुर अधिकारीले अध्यक्ष पदकालागि उम्मेदवारीको घोषणा गर्दै वरिष्ठ अधिवक्ता तथा महाधिवेशन प्रतिनिधिहरुलाई भोट गर्न अपिल गरेका छन् ।
विवादका कारण विगत पाँच वर्षदेखि हुन नसकेको डिएलएको अधिबेशनमा अध्यक्ष पदकालागि आधा दर्जन कानुन व्यवसायी अहोरात्र लागि परेका छन् ।
संखुवासभामा जन्मेका उनी मोरङबाट अध्यनको सुरुवात गरेको बताउछन् । सप्तरीको महेन्द्र विन्देश्वरी क्याम्पसबाट कानुनमा प्रविनता प्रमाणपत्र तह उत्तिर्ण गरेका उनी स्नातक र स्नात्तकोत्तर नेपाल ल क्याम्पसबाट गरेका हुन् । फौजदारी कानुनमा स्नात्तकोत्तर गरेका उनी २६ वर्ष देखि निरन्तर कानुन व्यवसायमा कटिबद्ध भइ लागेका छन् ।
न्युज-नेपालसंग कुरा गर्दै उनले संगठनमा रहेको लामो समयदेखिको विवादलाई समाधान र स्वच्छ एंव बाैद्विक मानिसको नेतृत्वमा संगठन नअाइ गुट-उपगुटको अन्त्य नहुने र संगठनको उद्वेश्य अनुसार काम नहुनेमा आफू विश्वस्त रहेको जनाए । विवादका कारण संगठन अकर्मण्यतामा फसेको भन्दै आफ्नो उम्मेदवारी एकताबद्ध संगठनको निर्मानका साथै सवैको संगठन बनाउनु रहेको जिकिर गरे ।
पटक–पटक काठमाडौं बारको नेतृत्व सम्हालेका अधिकारी नेपाल बार एशोसियशनको केन्द्रिय सदस्यको रुपमा समेत काम गरि सकेका छन् । सर्वोच्च अदालतको इकाई अध्यक्ष समेत भएका उनी यसपालाको निर्वाचनमा निर्वाचित भएर डिलएलको नेतृत्व गर्न आतुर छन् ।
२०६२/०६३ को जनआन्दोलनमा तत्कालिन नेपाल बार एशोसिएसनका अध्यक्ष शम्भु थापा, महासचिव माधव बास्कोटा, उपाध्यक्ष शेरबहादुर केसीसँगै गिरफ्तारीमा परेका अधिकारीले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
अधिकारीले आम मतदातामाझ छोडेको भिडियो सन्देश:
Comments
अरु समाचार
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध
१२ असोज, काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो...
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...