ताजा समाचार

डिएलएको अध्यक्षमा योगेन्द्र बहादुर अधिकारी नै किन ? अधिकारी यस्तो भन्छन्… (भिडियोसहित)

काठमाडाैं ११, साउन । यहि साउन १२ र १३ गते डेमोक्रेटिक लयर्स एशोसियशन (डिएलए) को दशाैं महाधिवेशनको निर्वाचनकालागि योगेन्द्र बहादुर अधिकारीले अध्यक्ष पदकालागि उम्मेदवारीको घोषणा गर्दै वरिष्ठ अधिवक्ता तथा महाधिवेशन प्रतिनिधिहरुलाई भोट गर्न अपिल गरेका छन् ।

विवादका कारण विगत पाँच वर्षदेखि हुन नसकेको डिएलएको अधिबेशनमा अध्यक्ष पदकालागि आधा दर्जन कानुन व्यवसायी अहोरात्र लागि परेका छन् ।

संखुवासभामा जन्मेका उनी मोरङबाट अध्यनको सुरुवात गरेको बताउछन् । सप्तरीको महेन्द्र विन्देश्वरी क्याम्पसबाट कानुनमा प्रविनता प्रमाणपत्र तह उत्तिर्ण गरेका उनी स्नातक र स्नात्तकोत्तर नेपाल ल क्याम्पसबाट गरेका हुन् । फौजदारी कानुनमा स्नात्तकोत्तर गरेका उनी २६ वर्ष देखि निरन्तर कानुन व्यवसायमा कटिबद्ध भइ लागेका छन् ।

न्युज-नेपालसंग कुरा गर्दै उनले संगठनमा रहेको लामो समयदेखिको विवादलाई समाधान र स्वच्छ एंव बाैद्विक मानिसको नेतृत्वमा संगठन नअाइ गुट-उपगुटको अन्त्य नहुने र संगठनको उद्वेश्य अनुसार काम नहुनेमा आफू विश्वस्त रहेको जनाए । विवादका कारण संगठन अकर्मण्यतामा फसेको भन्दै आफ्नो उम्मेदवारी एकताबद्ध संगठनको निर्मानका साथै सवैको संगठन बनाउनु रहेको जिकिर गरे ।

पटक–पटक काठमाडौं बारको नेतृत्व सम्हालेका अधिकारी नेपाल बार एशोसियशनको केन्द्रिय सदस्यको रुपमा समेत काम गरि सकेका छन् । सर्वोच्च अदालतको इकाई अध्यक्ष समेत भएका उनी यसपालाको निर्वाचनमा निर्वाचित भएर डिलएलको नेतृत्व गर्न आतुर छन् ।

२०६२/०६३ को जनआन्दोलनमा तत्कालिन नेपाल बार एशोसिएसनका अध्यक्ष शम्भु थापा, महासचिव माधव बास्कोटा, उपाध्यक्ष शेरबहादुर केसीसँगै गिरफ्तारीमा परेका अधिकारीले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

अधिकारीले आम मतदातामाझ छोडेको भिडियो सन्देश:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org