प्रहरी ईन्काउन्टरमा मारिएका दुई अपहरणकारीको शव परिवारले बुझे
काठमाडाैँ २६, साउन । काँडाघारीबाट अपहरण गरिएका अवोध बालक निशान खड्काको हत्या गरेपछि प्रहरीसँग मुठभेड हुँदा इन्काउन्टरमा मारिएका भनिएका दुई अपहरणकारीको शव परिवारलाई जिम्मा लगाईएको छ ।
शुक्रवार साँझ अबेर परिवारसँगको सहमतिपछि पोष्टमार्टम गरिएको नुवाकोटका अजय तामाङ र सिन्धुपाल्चोकका गोपाल तामाङको शव परिवारको जिम्मा लगाईएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले न्युज-नेपाललाई जानकारी दिए ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टमा अजय र गोपालका मृत्युको कारण ‘बुलेट इन्जुरी’ देखिएको छ ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सकले गोपालको शरीरबाट ३ ओटा गोली निकालेका छन् । ११ वटा गोली लागेको गोपालको शरीरमा गोलीका कारण १९ ओटा प्वाल परेको भेटिएको छ ।
त्यस्तै अजय तामाङको शरीरमा ४ ओटा गोली लागेको र शरीरका ११ स्थानमा प्वाल परेको पोष्टमार्टमा रिपोर्टमा उल्लेख छ ।
महानगरीय अपराध महाशाखाले अपहरणकारीसँगको मुठभेडका क्रममा १९ राउण्ड गोली चलेको बताउँदै आएको छ ।
शुक्रवार करिब १२ बजे पोष्टमार्टमपछि शव जिम्मा लिएका अजय तामाङका आफन्तले दाहसंस्कारका लागी नुवाकोट लगेको बताईएको छ ।
सिन्धुपाल्चोकका गोपाल तामाङका परिवारले पनि शव बुझिसकेको र शनिबार काठमाडौंमा दाहसंस्कार गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ ।
Comments
अरु समाचार
-
प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ
काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार...
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...