मलेसियाका प्रधानमन्त्री महाथिर चिनीया सम्झौता तोड्ने प्रयासमा
पुत्रजया, मलेसिया, २८ साउन । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनीयाको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिएका छन् । अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी मुलुकलाई ऋणको बोझबाट मुक्त राख्ने प्रयासमा महाथिर छन् ।
एसोसिएटेड प्रेस (एपी)का संवाददातालाई दिएको एक अन्तर्वार्तामा ९३ वर्षीय प्रधानमन्त्री महाथिरले रोहिङ्ग्या मुस्लिम समुदायमाथि म्यान्मारले गरेको व्यवहार अन्यायपूर्ण रहेको बताए । तीन महिनाअघि निर्वाचित भएर सत्तामा पुनरागमन गर्नुभएका महाथिरले चीन भ्रमणमा जानुअघि यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
महाथिरले भने, “म चीनसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न चाहन्छु र चीनको लगानीलाई पनि स्वागत गर्दछु, तर यस्ता परियोजना मलेसियाका निम्ति हितकर हुनु पर्दछ ।”
पूर्व प्रधानमन्त्री नजिब रजाकले सम्झौता गरेको चिनीया लगानीको ऊर्जा पाइपलाइन र एउटा रेल परियोजनामाथि महाथिर मोहमदले विशेष ध्यान दिएका छन् । “मेरो विचारमा यी दुई परियोजना मलेसियाका लागि त्यति आवश्यक छैनन् । ती परियोजना उपयुक्त पनि होइनन् । त्यसर्थ हामीले सकेसम्म ती दुवै परियोजना रोक्नेछौं ।”
नजिबले मलेसियालाई चीनको निकटमा राखेका थिए । चीनले मलेसियालाई पनि चीनको महत्वाकाँक्षी “वान बेल्ट वान रोड” (ओबीओआर) को साझेदार मुलुकका रुपमा महत्व दिँदै आएको छ । नजिबले ६८८ किमी लामो पूर्वी तटीय रेल निर्माण गर्न तथा दुई वटा ग्यास पाइपलाइन बिछ्याउन सन् २०१६ मा सम्झौता गरेका थिए ।
चीनको राज्य नियन्त्रित कम्पनीले निर्माण गरिरहेका यी दुवै परियोजनाका कामहरु मलेसियाको नयाँ सरकारले रोकेको छ । परियोजनाको ठूलो लगानीमा कमी ल्याएको छ । यी दुबै परियोजनाको कूल लागत करिब २२ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको थियो । उक्त लागतमध्ये केही रकम मलेसियाले भुक्तानी गरिसकेको छ र यसलाई उठाउन मुस्किल छ ।
यदि सम्पूर्ण परियोजना खारेज गर्न नसकिए पनि मलेसियाले लामो अवधिसम्म रोकेर राख्न सक्नेछ, र “आवश्यकता परेपछि मात्र अघि बढ्नेछ,” महाथिरले भने ।
महाथिरले दक्षिण चीन सागरमा मलेसियाली जहाजलाई निर्वाध रुपमा हिँडडूल गर्न दिनुपर्ने पनि बताए । यी क्षेत्रमा चीन र दक्षिण पूर्वी एसियाका धेरैवटा देशले दाबी गरिरहेका छन् । यस सागर क्षेत्रमा माछा मार्ने र खनिज तेलको ठूलो भण्डार रहेको छ ।
चीनले सागरको अधिकांश हिस्सा आफ्नो रहेको दाबी गरिरहेको छ र यहाँ चीनले स–साना मानव निर्मित टापुहरु निर्माण गरेको छ जहाँ हवाई मैदान, ह्यान्गर, राडार र क्षेप्यास्त्र स्टेशनहरु तैनाथ गरिएको छ । यहाँ अमेरिकाले समेत नियमित रुपमा अरु लडाकू युद्धपोत र हवाईजहाज पठाउने गरेको छ । चिनीया जहाजहरुले पनि यहाँ निगरानी तिब्र बनाइआएका छन् ।
प्रधानमन्त्री महाथिरले म्यान्मारले रोहिङ्ग्या समुदायमाथि गरेको अमानवीय व्यवहारको कटु आलोचना गरे । “उनीहरुले जे गरिरहेका छन् त्यो बिल्कुलै अक्षम्य हो । त्यहाँ मानिसहरुको खुलेआम हत्या भइरहेको छ, र त्यो एउटा सभ्य मुलुकले गर्न सुहाउने काम होइन,” उनले भने ।
मुस्लिम मलेसियाले विगतमा रोहिङ्ग्या समुदायको पक्षमा जोडदार आवाज उठाएको छ । गत वर्ष लाखौं रोहिङ्ग्या समुदाय म्यान्मारको दमनबाट बच्न भागेर बंगलादेश प्रवेश गरेका थिए । मलेसियाको सरकारले रोहिङ्ग्या समुदायको विस्थापन म्यान्मारको मात्र विषय नरहेको जनाइसकेको छ ।
महाथिरले भने, “म्यान्मारकी नेतृ आङ सान सू कीले रोहिङ्ग्यामाथि भएको अत्याचार रोक्न नसकेकोमा म असाध्यै दुःखी भएको छु । रोहिङ्ग्या समुदायमाथि अत्याचार हुँदा उहाँ नै सरकारमा छन् । यो न्याय र मानवअधिकारको प्रश्न हो । तपाईंलाई जथाभावी यस्तो गर्ने छुट छैन ।”
अरु थप रोहिङ्ग्या शरणार्थी मलेसियाले स्वीकार्छ त भन्ने प्रश्नमा प्रधानमन्त्री महाथिरले यसअघि नै ठूलो संख्यामा कानुनी र कागजातविहीन विदेशी व्यक्तिहरु रहेकाले अहिल्यै भन्न नसकिने बताए ।
Comments
अरु समाचार
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...