ताजा समाचार

हाम्रो समाजमा याैनकर्मि महिलाको दर्जा कुन हो ?

मान्छेको सामाजिक दर्जा के कुरामा निर्भर गर्छ होला ? सबै मानिस आआफ्नो दर्जामा खुशीका साथ जीवन जिउन सक्षम छन् ? यिनै कुराले मनमा कौतुहलता उत्पन्न गराएको छ । समाजमा सबल, सक्षम, प्रतिष्ठित, मध्यम, र निम्न गरेर बर्ग बिभाजन गरिएको हुन्छ, त्यसमा पनि एउटा यस्तो बर्ग हुन्छ जो आफ्नो मनले सोचेको आटेको आफ्नै सुरमा गर्छ तर यो इच्छा पुरा भने बिरलै हुन्छ ।

सामाजिक खाडलले मान्छेलाई इज्जत र बेइज्जत भन्ने एउटा नैतिक प्रश्नका साथै उसको ब्यक्तिगत मर्यादा दिएको हुन्छ र मानिस त्यही मर्यादालाइ शिरोधारण गरेर जीवन चलाउदा चलाउदै प्राण त्याग गर्छ र सधैका लागि अन्तिम श्वास फेर्छ ।

समाजमा बिख्यात राजनितीज्ञ देखि एउटा तल्लो स्तरको मानिसहरु आफ्नो सुरमा नाचिरहेका हुन्छन् । यसैमा हाम्रो पितृसत्तात्मक दिमागले महिलालाई हेर्ने दृष्टिकोण अलि भिन्न बनाएको छ, चाहे जति सुकै समाबेशी र महिला अधिकारका कुरा किन नगरियोस् ।

यिनै मध्येमा पनि एक यौनकर्मी महिलालाई हेर्ने दृष्टिकोणमा आकास जमिनको फरक छ, आखिर किन ? के उनीहरु यहि समाजका हिस्सा होइनन् र ? उनिहरुलाइ स्वतन्त्रता पुर्वक हिडडुल गर्न पाउने बोल्न पाउने अधिकार छैन त ?

पक्कै पनि छ संविधानमा यस्ता कुराको बारेमा लेखिन्छ बोलिन्छ र केही कतै कारबाही जस्तो पनि गरिन्छ र उनै महिलामाथी विभिन्न फिल्म, डकुमेन्ट्री लगाएतका खुराक बनाइन्छ अनि बनाउने हिरो पात्र सधै उहीँ पुरानो स्थितिमा किनकी हाम्रो समाज हामिले अभ्यास गरेका काम र हाम्रो सोछ नै यस्तै छ त कहिले हुन्छ परिवर्तन ?

बिश्वका चर्चित कथाहरु गरिबी, पछौटेपन, अल्पसंख्यक, महिला र अन्य बिचित्रका कुराहरुमा बन्ने गर्छन् ।

कुनै अन्तराष्ट्रिय या राष्ट्रिय परिवेश किन नहुन अहिले समाजमा धेरै बिक्ने चिज के होला ? सहजै अनुमान लगाउन सकिन्छ यिनै कुरा हुन धर्म, गरिबी, पछौटेपन, अल्पसंख्यक, अल्पबिकसित मुलुकका कुरा, मनोरञ्जन लगाएतका कुरा । अझ यो भन्दा धेरै बिक्ने भनेको सेक्स सम्बन्धित कुरा जुन माथिल्लो बर्गको होस या तल्लो बर्गको ।

मानिस न खुलेर कुरा गर्छ न यो कुरालाई बैधानिक ढगले वकालत गर्न नै सक्छ त केवल मनमा गुम्स्याएर । यहि कारण समाजमा विभिन्न घटना दुर्घटना हुने गर्छन् । जबसम्म हामीले हाम्रो समाजलाई सामाजिक खाडलबाट बाहिर निकालेर समानताको प्रत्याभुती गराउन सक्दैनौ तवसम्म यो कुरा भै नै रहन्छ । न रोकेर रोकिन्छ न छेकेर छेकिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org