खुल्यो कालीमाटी तरकारी बजार
काठमाडाैं ६, भदाै । अनुगमनको क्रममा विरोध भएपछि गत सोमबारदेखि बन्द कालीमाटी तरकारी बजार आजदेखि खुलेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट खटिएको अनुगमन टोलीलाई दुव्र्यवहार गरेपछि विवाद हुँदा काठमाडौँ उपत्यकाको मुख्य तरकारी बजार बन्द रहेको थियो ।
व्यापारी विष्णु कँडेलका अनुसार व्यापारी र सरकारी अनुगमन टोलीबीच गत सोमबार विवाद भएपछि बन्द बजार आजदेखि खुलेको हो । तर पनि पहिलेको जति चहलपहल भने हुनसकेको छैन् । यसअघि दैनिक साढे ५ सय टनसम्म तरकारी तथा फलफूल भित्रिने गरेको थियो । आज भने करिब चार सय टन मात्र आएको व्यापारी कँडेलले भने । पछिल्लो समय सरकाले बजार अनुगमन दैनिक रुपमा नै गर्दै आएको छ ।
अनुगमन टोलीले यसअघि धादिङ, चितवन, मकवानपुरलगायत जिल्लामा पुगी किसानले पाउने र उपभोक्ताले तिर्ने मूल्यबारे जानकारी लिएको थियो । किसानले पाउने मूल्यको चार गुणा बढीसम्म व्यापारीले उपभोक्ताबाट रकम लिने गरेकोले अनुगमनको क्रममा पाइएको थियो । अनुगमन टोलीलाई विरोध गर्न मुख्य भूमिका खेलेको भन्दै फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरिएको थियो । सरकारी अनुगमनको विरोधमा उत्रिएका व्यवसायीले मङ्गलबार अबेर मात्र आन्दोलन फिर्ता लिएका थिए ।
अनुगमन जानकारी बिनानै गर्ने र अब गरिने जुनसुकै क्षेत्रको अनुगमनमा विरोध गरे सरकारले कारवाही गर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वायुको प्रभाव,केही प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाले अहिले...
-
कांग्रेसले पदाधिकारीको बैठक बोलायो,नयाँ सरकारका बारेमा छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। नयाँ सरकार गठनबारे छलफल गर्न गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
देशका केही भागमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको...
-
आइतवारसम्ममा देशभर मनसुन फैलिन्छ: मौसम महाशाखा
काठमाडौं । आउँदो आइतवारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...
-
बागमती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत,आजै दिउँसो ३ बजे प्रदेशसभामा प्रस्तुत गरिने
काठमाडौं । आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ...