ताजा समाचार

ला लिगा बहिस्कार गर्न सक्ने कप्तानहरुको चेतावनी

काठमाडाैं ७,भदाैं ।  स्पेनिस ला लिगाका कप्तानहरुले लिग बहिस्कारको चेतावनी दिएका छन् ।

ला लिगाले अमेरिकी मिडिया कम्पनी रेलेभेन्टसँग ला लिगाका प्रमुख खेलहरु अमेरिका गराउने सहमति गरेलगत्तै कप्तानहरुको बैठक बसेर आपत्ति जनाएका हुन् । बैठकमा रियल मड्रिडका सर्जिओ रामोस, बार्सिलोनाका बुस्केट पनि थिए ।

 

१५ वर्षे सम्झौता गर्दा खेलाडीहरुसँग कुनै परामर्श नगरेकोमा खेलाडी संघको असन्तुष्टि छ ।

अगान्जोले भने- यो कमन सेन्सको कमी हो । एक कार्यक्रम जहाँ नाफाको मात्र हिसाव भएको छ । फ्यानको कुनै हिसाव छैन ।

खेलाडीहरुले लिग बहिस्कार गर्ने सम्भावनालाई अस्वीकार गरेका छैनन् । उनले भने- हामी त्यहाँसम्म पुग्न चाहँदैनौं । तर, आवश्यक पर्‍यो भने त्यहाँ पनि जान्छौं ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org