कन्चनपुर तनावग्रस्त,स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर,४जना घाइते(भिडियो सहित)
महेन्द्रनगर७,भदाै । निर्मला पन्त हत्याको विरोधमा आज पनि प्रदर्शन भएकाे छ । बिहीबार बिहानैदेखि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूलार्इ नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाइ फायर गरेकाे छ । प्रहरीकाे गाेली लागि ४ जना घाइते भएका छन् ।
तीर्थ प्रसाद पनेरू, अर्जुन भण्डारा र सन्ताेष कठरियाकाे खट्टामा र तेज भट्ट टाउकाेमा गाेली लागेकाे छ । उनीहरूकाे महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ ।
बुधवारसम्म सदरमुकाम महेन्द्रनगरमा सीमित रहेको आन्दोलन आज जिल्लाभरि फैलिएको छ । प्रहरीले हत्याका मुख्य अभियुक्तलाई बचाउन मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई सार्वजनिक गरेको भन्दै आन्दोलनकारी थप आक्रोशित भएका छन् ।
आज बिहानैबाट सदरमुकाम महेन्द्रनगरसहित बेदकोट नगरपालिकाको सुडा, लालपुर, दैजी तथा शुक्लाफाँटा नगरपालिकाको झलारीमा आन्दोलन भइरहेका छन् । आन्दोलनकारीले सडक र चोकचोकमा टायर बाल्दै नारावाजी गरेर प्रदर्शन गरिरहेका छन् ।
बुधबारको प्रदर्शन उग्र भएपछि प्रहरीले बल प्रयोग गरेकाे थियो । प्रहरीले अाज पनि अश्रुग्यास प्रहार गरेकाे हाम्रा सहकर्मीले जनाएका छन् । प्रदर्शनका कारण पूर्वपश्चिम जाेड्ने महेन्द्र राजमार्ग अबरूद्ध भएकाे छ ।
https://www.facebook.com/motimaya.tamang.5/videos/1492994684180713/?t=3
Comments
अरु समाचार
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
पूर्वप्रधानसेनापति सिंहको निधन
काठमाडौं । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको आज ८५ वर्षको उमेरमा...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना
काठमाडौं । पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
काठमाडौं । जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको...
-
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
काठमाडौं । जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको...