कञ्चनपुर गोली श्रृङखलामा बालक मारिएपछि गृहमन्त्री दवावमा, स्थानीयको शंका ‘भीआइपी’ माथी
काठमाडाैं ९, भदाै । कञ्चनपुरमा भड्किएको हिंसाले मानिसको ज्यान लिएपछि सरकार भित्र तरङ्ग पैदाभएको छ ।
नेकपाका नेता भीम रावलले ऋषि धमलासंग कुरा गर्दै कांग्रेसीले कञ्चनपुरको घटनालाई राजनीतिकरण गरेर नेकपाका नेता तथा कार्यकर्तालाई आक्रमण गरेको अभिव्यक्ति दिएपछि शान्त भएसकेको कञ्चनपुर फेरी अशान्त बन्न पुगेको हो ।
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्याको निष्पक्ष छानवीनको माग गर्दै सडका उत्रेका सर्वशाधारणमाथी बएको प्रहरी दमनका कारण सरकारका गृहमन्त्री समेत आलोचित हुन पुगेका छन् ।
आखिर प्रहरीले किन मानसिक सन्तुलन गुमाएका मानिसलाई अभियुक्तका रुपमा सार्वजनिक गर्यो त यो कुराले नै घटनालाई थप आशंकगर्ने ठाउ छोडेको छ । विभिन्न समाचार र स्थलगत अध्ययनले घटनामा छानवीन गर्दा प्रहरी चुकेको देखिन थालेको छ ।
घटनालाई थप रहस्यमय बनाउनमा प्रहरी नै लागि परेको पीडितको भनाई छ । निर्मला होमवर्क गर्न गएको घरदेखि नै अनुसन्धान हुनुपर्नेमा उनीहरुको जोडदार माग छ तर प्रहरी उनीहरुको कुरा नै नसुनेको आरोपहरु छरपस्ट हुन थालेका छन् ।
निर्मला पन्त किताव लिनका लागि जुन घरमा गइन् । तर, त्यो घरदेखि नै यो घटना एकदमै रहस्यमय छ । त्यो घर दुईतल्ले छ, त्यहाँ बम दिदीबहिनीमात्रै बस्थे । उनीहरुका बुबाआमा दार्चुला भन्ने ठाउँमा बस्ने गरेका थिए । घरमा उनका छोरीहरु रोशनी आँचल र बबिता मात्रै बस्थे । निर्मलाकी साथी रोशनी १८ वर्षकी छिन् भने उनकी दिदी बबिता अझै जवान भइसकेकी छिन् । उनीहरुको घर लगभग रित्तैजस्तो भए पनि भाडामा लगाइएको छैन ।
स्थानीयका अनुसार त्यो घरमा दुईजना केटाहरु प्रायाः आवत-जावत गरिरहन्थे । पछि पत्ता लागेअनुसार ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा रहेछन् । अर्काचाहिँ भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन् । स्थानीयका अनुसार दिदी बहिनीमात्रै भएको त्यो घरमा ती दुई युवकहरु बाक्लै आउने-जाने गर्थे ।
पीडितको माग भनेको छानवीनको दायरामा बम दिदिबहिनी र त्यहाँ आवतजावत गरिरहने दुई युवालाई समेत हुन पर्छ भन्ने छ तर, प्रहरी यता तिर लाग्न त के थोरै कुरा सम्म सोध्न तयार थिएन ।
एसपी विष्टले घटनालाई अनुसन्धान गर्नुको साटो मानसिक सन्तुलन गुमाएका अभियुक्त करार गरेर किटानी जाहेरी दिन दवाव दिइरहे ।
यता गृहमन्त्रालयले छानवीनका लागि समिति बनायो, प्रहरी प्रमुख, सिडियोलाई फिर्ता बोलायो तर नयाँ नेतृत्व पठाएपनि आन्दोलनमा बालकले ज्यान गुमाउनु पर्यो नै ।
यसैले कतै गृहमन्त्रीको राजीनामा नै दिए बाध्य त पार्दैनन् कञ्चनपुरवासीले ?
Comments
अरु समाचार
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...