मदन पुरस्कार ‘योगमाया’ लाई, जगदम्बाश्री शान्तदास मानन्धरलाई
काठमाडाैं ११,भदाै । यस वर्षको मदन पुरस्कार निलम कार्की (निहारिका) को ‘योगमाया’ ले पाएको छ।
यस वर्ष मदन पुरस्कारनिम्ति आठ पुस्तक सिफारिस गरिएको थियो- ‘कैरन’ (ध्रुवसत्य परियार), ‘नथिया’ (सरस्वती प्रतीक्षा), ‘पाठशाला’ (तीर्थ गुरुङ), ‘भुइँया’ (यज्ञस), ‘यार’ (नयनराज पाण्डे), ‘योगमाया’ (निलम कार्की ‘निहारिका’), ‘लिम्बुनी गाउँ’ (राज माङलाक) र ‘हिमाली दर्शन’ (मोहन वैद्य ‘किरण’)।
यीमध्येबाट योगमायालाई पुरस्कार दिने निर्णय गरिएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले ट्विटमार्फत जानकारी दिएका छन्।
त्यस्तै गुठीले बाल साहित्यको विकास, विस्तार र प्रवर्द्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई वर्ष २०७४ को जगदम्बाश्री पुरस्कार दिने निर्णय पनि गरेको छ।
१९३० दशकमा भोजपुरको नेपालेडाँडा, सिम्ले गाउँमा जन्मिएकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुन्। उनले निरंकुश राणाशासनको विरोध गरेकी थिइन्। अशिक्षित नेपाली समाजलाई संगठित गरी मर्न र मार्नसमेत तयार पारिन्। तिनै योगमायाका बारेमा साहित्यकार कार्कीले स्थलगत अध्ययन गरी लेखिएको उपन्यास हो ‘योगमाया’।
लखक कार्कीका दुई कविता संग्रह, तीन कथा संग्रहका साथै अर्की आइमाई र चीरहरण उपन्यास प्रकाशित छन्। चीरहरणले २०७२ को पद्मश्री पुरस्कार पाएको थियो।
Comments
अरु समाचार
-
गायक रवि ओड प्रहरी नियन्त्रणमा
धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार...
-
तनहुँमा चलचित्र निर्माण कार्यशाला
काठमाडाैँ । जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । दोस्रो विश्वयुद्धमा...
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...