ताजा समाचार

भीभीआईपीको नेपालयात्राको यस्तो छ सेड्यूल, सबैभन्दा पहिला म्यानमार अन्तिममा बंगलादेश

काठमाडाैँ १२, भदाै ।  बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका राष्ट्र प्रमुखहरु (भीभीआईपी) मंगलबारदेखि काठमाडौ आउने क्रम सुरु हुँदैछ । सबैभन्दा पहिला म्यान्मारका राष्ट्रपति विन मिन्ट मंगलबार दिउँसो २ः४५ बजे काठमाडौ आइपुग्नेछन् ।

त्यसैगरी  बुधबार श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, भुटानको काम चलाउ सरकारका प्रमुख छिरिङ वाङचुक र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत काठमाडौं आइपुग्नेछन् ।

सिरिसेना बुधबार २ः३५ बजे तथा छिरिङ वाङचुक बिहान ८ः०५ र प्रयुत बिहा १०ः १५ बजे काठमाडौ अवतरण हुनेछन् ।

त्यस्तै भदौ १४ गते बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौं आउने छन् ।

मोदी बिहीबार बिहान ८ः३० बजे विशेष विमानमार्फत काठमाडौ आइपुग्नेछन् भने हसिना पनि बिहीबारै बिहान ९ः१५ बजे त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलमा अवतरण हुनेछिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org