कर्मचारी राख्न दिने अवस्था स्थानीय तहलाई आफै छैन : मन्त्री पण्डित
काठमाडौं१९ भदौ, । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहलाई आफै कर्मचारी राख्न दिने अवस्था नरहेको बताएका छन् ।
‘प्रदेश लोकसेवा आयोग नबनेसम्म सम्बन्धित मन्त्रालयको आवश्यकता अनुसार केन्द्रले विज्ञापन गर्ने र कर्मचारी पठाउने छ,’ मन्त्री पण्डितले भने, ‘हामी स्थानीय तहलाई आफै कर्मचारी राख्न दिने अवस्थामा छैनौं ।’
मंगलबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले अहिले नासु र खरिदार तहका कर्मचारी बढी आवश्यक रहेको र लोकसेवा आयोगले सोही तहका दुई हजारको अन्तरवार्ता लिइरहेकोले तत्काल समस्या समाधान हुने दावी गरे ।
मन्त्री पण्डितले अहिले तत्कालका लागि काठमाडौंमा बढी भएकाहरुलाई बाहिर पठाउने काम गरिरहेकाे बताए । तर, कर्मचारीहरु प्रदेश र स्थानीय तहमा जान नखोज्ने प्रवृत्ति रहेको उनले बताए ।
कर्मचारीहरूले केन्द्र छोड्न नमानेपनि स्थानीय तह र प्रदेशमा जाने कर्मचारीहरूको केन्द्रसँगको सम्पर्क भने नटुट्ने मन्त्री पण्डितको भनाइ छ ।
बैठकमा मन्त्री पण्डितले मालपोत, यातायात, अध्यागमन, वैदेशिक रोजगारी, भन्सार लगायतका कार्यालयमा नयाँ कर्मचारी मात्रै राख्ने तयारी गरिएको समेत जानकारी दिएका छन् ।
सुरुमा काम चलाउन कर्मचारी बढी भएको ठाउँबाट कम भएको ठाउँमा पठाइएकोले कर्मचारीको अभाव भएको उनको भनाइ छ । केही ठाउँमा भने नयाँ दरबन्दी थप्नु परेको मन्त्री पण्डितले बताए ।
संघीय निजामति ऐन प्रक्रियामा अगाडि बढाइएको भन्दै मन्त्री पण्डितले कर्मचारी समायोजनको कामलाई आगामी पुस मसान्तसम्म सक्ने दावी समेत गरे ।
Comments
अरु समाचार
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश...
-
राष्ट्रपति पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडौँ, १ जेठः सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा...
-
सभामुखको आग्रहमा कांग्रेस लचिलो,संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको...
-
संसद्को गतिरोध अन्त्य गर्न सभामुख सक्रिय
काठमाडौं । नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं...
-
मन्त्रिपरिषद्बाट १६औं पञ्चवर्षीय योजना पारित
काठमाडौं । मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारितपारित भएको छ। मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले १६औं पञ्चवर्षीय योजना पारित गरेको...
-
गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको...
-
गिरीबन्धु टी-स्टेटलाई व्यवस्थित गर्न तत्कालीन प्रधानमन्त्री ओलीको नीतिगत निर्णय : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गरेको ठोकुवा गरेका छन्...
-
सभामुखद्वारा सदन खुलाउन छलफल
काठमाडौं । नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले आज प्रमुख विपक्षी दल नेपाली कांग्रेसका...