निर्मला हत्या छानबिन प्रकरण : राजीनामा दिएका विरेन्द्र केसी समितिमा फर्किए
काठमाडाैँ २७,भदाै । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्या प्रकरणमा छानविनका लागि गठित उच्चस्तरीय छानविन टोलीबाट राजीनामा दिएको घोषणा गर्ने एक सदस्यले फेरि काममा फर्केको घोषणा गरेका छन् ।
गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गत भदौ सात गते गठन गरेको ५ सदस्यीय छानविन समितिका सदस्य तथा प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट छानविन समितिमा प्रतिनिधित्व गरेका विरेन्द्र बहादुर केसीले फेरि काममा फकिएएको घोषणा गरेका हुन् ।
समितिबाट राजीनामा दिएको तीन दिन नवित्दै उनी पुन काममा फर्केका हुन् । उनले बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफु फेरि काममा फर्केको घोषणा गरे ।
केसीले यसअघि छानविन समितिको म्याद थप तथा छानविनका क्रममा आफूमाथि विभिन्न धम्की आएको भन्दै राजीनामाको घोषणा गरेका थिए ।
तर, तिनै केसीले बुधबार गृहमन्त्रालय र उच्चस्तरीय छानविन समितिका संयोजकसँगको छलफलपछि मन्त्रालय र आफ्नो समेत बास्तविक दोषी पत्ता लगाई कारवाहीको दायरामा ल्याउने उद्देश्यमा एकमत भएकाले काममा फर्किएको बताएका छन् ।
समितिको थप भएको अवधिमा छानविन कार्यमा फेरि संलग्न भई निश्पक्ष छानविन गर्नसके निर्मला पन्तप्रति न्याय हुने ठहर गर्दै काममा फर्केको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा केसीले आफ्नो गृहमन्त्री रामबहादुर थापासँग २ घण्टा लामो छलफल भएको र सो क्रममा अाफ्नाे सुरक्षाको प्रत्याभूति गर्नुका साथै निर्मला पन्तको हत्यामा संलग्न दोषीमाथि कारबाही गर्ने सवालमा पनि एकमत देखिएकाले काममा फर्किएको बताए ।
तपाईँलाई कहाँबाट धम्की आएको भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले भदौ १५ गते मोटरसाइकलमा आएका एक व्यक्तिले धम्क्याएको दाबी गरे । उनले भने, ‘भदौ १५ गते मोटरसाइकलमा आएका एक मोटो व्यक्तिले एक्लै आउनु भएको रहेछ, यहाँ यसअघि पनि ट्रकले किचेर मान्छेको मृत्यु भएको सुनिएको थियो। त्यहाँ अली खतरै छ भने ।’ त्यसपछि आफ्नो हत्याको योजना बनेको बुझेर समितिबाट अलग भएको उनको प्रष्टिकरण थियो ।
अनुसन्धानको दायर फराकिलो बनाउनुपर्छ भन्नेमा गृहमन्त्री रहेको भन्दै अब वास्तविक हत्यारा पत्ता लाग्ने पनि विश्वास व्यक्त गरे ।
निर्मला हत्या प्रकरण: ‘झुटो’ अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई कारवाहीको तयारी, एसएसपीको नेतृत्वमा समिति गठन
Comments
अरु समाचार
-
प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ
काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार...
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...