ताजा समाचार

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने

काठमाडौं १,असोज । दशैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर जाने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।

आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५ गतेदेखि अगि्रम टिकट बुकिङ खुला गर्न तयार भएका हुन् ।

यातायात व्यवसाय यातायात व्यवस्था विभागका महानिर्देशको लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले अग्रिम बुकिङ खुला गर्ने सहमति गरेको हो ।

‘आगामी ५ गतेदेखि बुकिङ खुला गर्ने गरी सबै पक्षले तयारी थाल्ने सहमति भएको छ, ‘हाम्रा सबै माग संबोधनको विषय के-कसरी बढाउने भन्ने विषयको टुंगो सरकारले नै गर्ने भएको छ, भाडाको विषयमा पनि सरकारले निर्णय गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org