ताजा समाचार

आन्तरिक विवाद समाधान गर्ने प्रयासस्वरुप नेकपाले सचिवालय बैठक बोलायो

काठमाडौं २०,असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक आइतबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार भएको छलफलबाट बैठक मिति तय भएको हो ।

पार्टीको जनवर्गीय सङ्गठन, विभाग लगायत तल्ला समितिको एकीकरणको विषयमा छलफल हुनुको साथै सरकारको काम कारबाहीको बारेमा सचिवालयमा छलफल हुने बताइएको छ । पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक विवादका विषयमा पनि सचिवाललयमा छलफल हुने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org