दशैंको महत्त्व बुझाएर एभरेष्टले दियो विद्यार्थीलाई विदा
विराटनगर । दशैं, तिहार, छठलगायतका पर्वका अवसरमा विद्यालयमा विदा दिनुअघि बालबालिकालाई चाडपर्वको सांस्कृतिक महत्त्व बुझाउने क्रम बढ्दै गएको छ । विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी इङ्गिलस स्कुलले एक कार्यक्रम गर्दै स–साना बालबालिकालाई चाडपर्वको महत्व बुझाउँदै रमाइलो गराएको छ ।
चाडपर्वको विदा दिँदै गर्दा ति पर्वहरू के–के हुन्छन् भन्ने विषयमा जानकारी गराएर विदा दिइएको विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिए । कार्यक्रममा दशैंका पोशाकमा सजिएर विद्यालय पुगेका बालबालिकालाई प्रिन्सिपल सहित शिक्षक शिक्षिकाले टिका र जमरा लगाई दक्षिणा दिएर विदा गरे । ‘बालबालिकाले किताबी ज्ञान मात्र नभएर हाम्रो संस्कृती, संस्कार र परम्परालाई पनि बुझ्न आवश्यक छ’ प्रिन्सिपल पुरीले भने,‘बाल्यअवस्थाबाटै हामीले हाम्रो संस्कृति बुझाउन आवश्यक छ ।’
गाउँले परिवेश झल्कने प्रदर्शनीमा राखिएका चिटिक्क परेको सानो घर, खसी, टाट्नो, मकै, ढिकि, जाँतो र डोकोलगायतका सामग्रीहरु देखेर बालबालिकासँगै अभिभावकहरू समेत रमाइरहेका थिए ।
यस्तै महान पर्व बडादशैका नवरात्रमा पुजा गरिने नौं दुर्गाको रुपमा सजिएका स–साना बालबालिका र पर्व चिनाउने सामाग्रीहरूको प्रदर्शनले सवै प्रशन्न देखिएका थिए । हरेक चाडपर्वका बेला यस्ता गतिविधिमा बालबालिकालाई प्रत्यक्ष सहभागि गराउँदै आएको एभरेष्टले लामो विदाका बेला मनाउने सवै पर्वका विषयमा जानकारी गराएको हो ।
Comments
अरु समाचार
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...












