ताजा समाचार

बारामा ६ वर्षीय बालकको अपहरणपछि हत्या

काठमाडौँ । देशमा बलत्कार तथा हिंसात्मक घटना कति हुन्छ ? यो निश्चित छैन । वितेको वर्षदिन यता बलत्कार, हिंसा, अपहरणका घटना नसुन्ने त सायद नै होलान् । समाज अपराधन्मुख भएकै हो त ? यस किसिमको घटनामा राज्य किन मौन छ ? निर्मला पन्त बलत्कारका घटनाको अहिलेसम्म निष्कर्ष निकालेर दोषीलाई कारबाही गर्न नसक्नु राज्य कमजोर भएको हो त ? फेरि यता बाराको सिम्रौनगढ–३ मा ६ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ ।
स्थानीय धनेश्वर यादवका छोरा दीपकको अपहरणपछि हत्या भएको हो ।

अपहरणकारीले फिरौती वापत १० लाख रुपैयाँ माग गरेका थिए । तर, फिरौती रकम नपारएपछि हत्या गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय, बाराले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय सुरेन्द्र कुशवाहा र श्यामसुन्दर बैठा छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org