टीकाको दिन सेनाले उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने (रुटसहित)
काठमाडौंँ। नेपाली सेनाले दशैँको टीकाको दिन सर्वसाधारणका लागि उपत्यकाका विभिन्न रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
आगामी कात्तिक २ गते दशैँको टीकाको दिन उपत्यकामा सार्वजनिक यातायातका साधन सञ्चालन नहुने भएकाले सर्वसाधारणको सुविधाका लागि आठवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरिने नेपाली सेनाले जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, रुट १ अन्तर्गत भद्रकाली, माइतीघर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलङ्की कालिमाटीबाट रत्नपार्कसम्म, रुट २ मा भद्रकाली, जमल, लैनचौर, महाराजगञ्ज, बालाजुचोक र सोह्रखुटट्टे हुँदै रहेको छ ।
त्यस्तैं, रुट ३ मा भद्रकाली, माइतीघर, थापाथली, कालिमाटी, कलंकी, छाउनी, ताहचल स्वयम्भु हुदै टेकु, रत्नपार्क, रुट ४ भद्रकाली, बानेश्वर तिनकुने, गौशाला, चावहिल, महाराजगञ्ज, लैनचौर हुँदै रत्नपार्क, रुट ५ मा भद्रकाली कुपण्डोल, चापागाँउ, सातदोवाटो, तिनकुने हुदै भद्रकाली, रुट ६ मा भद्रकाली, दरवारमार्ग, चावहिल, बौद्ध साँखु हुदै सोही रुटमा रत्नपार्क र रुट ७ मा भद्रकाली भक्तपुर सूर्य विनायक र सोही रुटमा फिर्ता हुने छ ।
रुट ८ भद्रकाली माइतीघर कोटेश्वर , सातदोवाटो, कलंकी हुदै रिङरोड परिकर्मा गरी पुन तिकुने पुगेर रत्नपार्क आउने ब्यवस्था मिलाईको छ ।
Comments
अरु समाचार
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...












