निर्मला हत्या प्रकरण : डिएनए परीक्षणका लागि थप ४ जनाको जनाको नमुना संकलन
कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको घटनाको अनुसन्धानका क्रममा प्रहरीले डिएनए परीक्षणका लागि थप ४ जनाको नमुना संकलन गरेको छ ।
मंगलबार शंकास्पद ४ जनाको नमुना संकलन गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले बताए । ‘चार जनाको डिएनए परीक्षणका लागि नमुना संकलन गरी विधिविज्ञान प्रयोगशालामा पठाएका छौं’ घटनाको अनुसन्धान अधिकृतसमेत रहेका डिएसपी ओझाले भने, ‘लामो समयको अनुसन्धान र निगरानीपछि शंकाको घेरामा रहेका उनीहरुको नमुना संकलन गरिएको हो ।’ उनले नमुना संकलन गरिएका व्यक्तिहरुको नाम र ठेगाना भने खुलाउन चाहेनन् ।
नमुना लिइएका व्यक्तिहरुलाई निगरानीमा राखिएको उनले जानकारी दिए । उनले शंकास्पद अन्य व्यक्तिको पनि नमुना संकलन हुन सक्ने बताए । प्रहरीले यसअघि पनि ५ जनाको नमुना परीक्षण गरिसकेको छ । यसअघि प्रहरीले मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका १९ बाग्फाटाका दिलीप विष्ट, भीमदत्त नगरपालिका १८ निम्बुखेडाका चक्रदेव बडुको पहिलो चरणमा डिएनए परीक्षण गरेको थियो ।
त्यसपछि आन्दोलनरत महिला अधिकारकर्मी र पीडित परिवारले शंका गरेका हालै बर्खास्त गरिएका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरन र महेन्द्रनगरकै स्थानीय आयुश विष्टको नमुना परीक्षण गरिएको थियो ।
कान्तिपुर दैनिकबाट साभार समाचार
Comments
अरु समाचार
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...