कविता महोत्सवका लागि २० कविता छनोट, नामसहित
नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा यही मङ्सिर १५ गते हुन लागेको दोस्रो राष्ट्रिय कविता महोत्सवका लागि २० कविता छनोट भएको छ । विदुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिताका लागि प्राप्त २४८ कवितामध्ये २० कविता छनोट भएको उक्त प्रतिष्ठानले जनाएको छ ।
विभिन्न माध्यमबाट देश र विदेशमा रहेका नेपालीले पठाएका कवितामध्येबाट विज्ञ निर्णायक समितिले २० कविता प्रतियोगिताको अन्तिम प्रतिष्पर्धाका लागि छनोट गरेको महोत्सव प्रचारप्रसार संयोजक मुकुन्दराज अर्यालले जानकारी दिए ।
सो प्रतियोगिताका लागि चितवनका अम्बिका कार्की, ओखलढुङ्गाका इन्द्रकुमार श्रेष्ठ, तेह्रथुमका एलिना दुलाल, रसुवाका जीवन आरोही, रामेछापका जीवन खत्री, सुनसरीका जीतु खड्का, दोलखाकी देवकी अभिलाषी, गोरखाका निशान निष्कर्ष , कास्कीका प्रकाश आचार्य, भोजपुरकी प्रगति राई, कास्कीकी वसुन्धरा भण्डारी, दाङकी भवानी न्यौपाने, बाराका रमेश रसिक, नुवाकोटका रामराजा तिमिल्सिना, प्युठानकी रीमा केसी, बागलुङ विवश बाबु, धादिङका विजय तामाङ, गोरखाका सन्तोष खनाल, कञ्चनपुरका सागर चन्द र जाजरकोटका ज्ञानेन्द्रबहादुर सिंहको कविता छनोट भएको हो ।
प्रतियोगिताका लागि देशका ६२ जिल्लाका स्रष्टाले कविता पठाएको आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलोलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार र तेस्रो दुईलाई रु २०/२० हजार नगद पुरस्कारको व्यवस्था गरिएको उक्त प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिए । यसअघि २०७३ सालमा पहिलो कविता महोत्सव नुवाकोटमै भएको थियो ।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...