साउदी राजा सलमानद्वारा अदालतको प्रशंसा
रियाद । साउदी अरबका राजा मोहम्मद बिन सलमानले राजधानी रियादमा सोमबार अदालतको प्रशंसा गरेका छन् । आफ्नो देशका पत्रकार जमाल खशोज्जीको हत्यामा साउदी युवराजको संलग्नता रहेको आरोप लगिरहेका बेला उनले अदालतको प्रशंसा गरेका हुन् ।
अन्तर्राष्ट्रिय रूपमै खराब घटनाका रूपमा फैलिएको घटनाका बारेमा अदालतबाट सफाई दिइएका युवराजलाई आरोप लागेपछि उनले सोमबार पहिलो पटक सार्वजनिक वक्तव्य दिनु भएको समाचारमा जनाइएको छ ।
सरकारी अभियोजनकर्ताले गत हप्ता शक्तिशाली युवराज सलमानको त्यस घटनामा कुनै संलग्नता नरहेको भन्दै स्पष्टिकरण दिएका थिए ।
पत्रकार खशोज्जीको गत अक्टोबर २ तारिखका दिन स्तानबुलमा रहस्यमय तरिकाले हत्या भएको थियो । हत्या कस्ले गरेको भन्ने बारेमा अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन ।
कतिपयले साउदी राजपरिवारको उच्च तहकै निर्देशनमा खशोज्जीको हत्या भएको आरोप लगाइरहेका छन् ।
अभियोजनकर्ताहरुले खशोज्जीको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई मृत्यु दण्डको माग गरेका छन् भने २१ जना संलग्न भएको दावी गरेका छन् ।
देशको उच्च सल्लाहकार निकायको रुपमा रहेको शुरा काउन्सिलको कार्यक्रममा बोल्दै राजा सलमानले न्याय र समानताजस्ता मुस्लिम सिद्धान्तको पक्षमा अदालतले काम गरेकोप्रति आफूहरूलाई गौरब लागेको बताए ।
सम्बोधनका क्रममा ८२ बर्षिय राजा सलमानले वासिङ्टनपोष्टका नियमित स्तंभकार खशोग्जीको हत्याका बारेमा भने प्रत्यक्ष रुपमा केही बोलेनन् । रासस/एएफपी
Comments
अरु समाचार
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...