ताजा समाचार

कम्बोडियाका प्रधानमन्त्री सेनद्वारा पाटन दरबार स्क्वायरको भ्रमण

कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् । एसिया प्यासिफिक समिटमा भाग लिन आएका प्रधानमन्त्री सेनले शुक्रबार बिहान ऐतिहासिक तथा पुरातात्विक महत्वको पाटन दरबार क्षेत्र भित्र रहेकोे कृष्ण मन्दिर, पाटन संग्राहलय र नजिकै रहेकोे हिरण्य वर्ण महाविहारको भ्रमण गरेका हुन् ।

बिहान करिब साँढे १० बजेतिर सो क्षेत्रमा पुगेका सेनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री सेनले भूकम्पले क्षति पुर्‍याएका सम्पदाहरुको पुननिर्माणबारे चासो राखेका थिए । प्रधानमन्त्री सेनले पाटन दरबार क्षेत्रभित्र रहेका सम्पदाहरुको रुचिपूर्वक अवलोकन गर्नु भएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए । भ्रमणका क्रममा प्रधानमन्त्री सेनले छैठौं शताब्दीमा निर्मित हिरण्य वर्ण महाविहारमा पुजापाठ समेत गरेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org