हेटौँडा उपमहानगरपालिकाद्वारा घरको नक्सा निःशुल्क
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले निजी प्रयोजनका लागि निर्माण गरिने घरको नक्सा निःशुल्क बनाउन थालेको छ ।
विगतमा कन्सल्टेन्सीमार्फत सेवाग्राहीले पाउने सेवा उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि निःशुल्क दिन थालेको हो । उपमहानगरपालिकाका सूचना शाखा प्रमुख भानुभक्त थपलियाले एक हजार स्क्वायर फिट भन्दा बढी जग्गामा घर निर्माण गर्दा आवश्यक नक्सा निःशुल्क बनाउन शुरु गरेको जानकारी दिनुभयो ।
यसअघि नक्सा बनाउनका लागि सेवाग्राहीलाई कन्सल्टेन्सी धाउनुपर्ने बाध्यता थियो । कन्सल्टेन्सीले प्रति नक्सा कम्तीमा रु १० हजारसम्म लिने गर्दथे । उपमहानगरपालिकाले करारमा इञ्जिनीयर नियुक्ति गरेर निःशुल्क नक्सा बनाउन थालेको हो ।
‘कन्सल्टेन्सीले नक्सा बनाउँदा सडकदेखि सधियारसम्मका थुपै्र विवाद आउँथे, हाम्रै प्राविधिक फिल्डमा गएर नापेपछि त्यस्तो समस्या आउने सम्भावना रहेन’, सूचना शाखा प्रमुख थपलियाले भन्नुभयो, “एकातिर सेवाग्राहीको पैसा बचत भयो, अर्कातिर सम्भावित जोखिमको पहिल्यै पहिचान हुन पुग्यो ।” कार्यालयले आफै नक्सा बनाइदिँदा सेवाग्राही पनि सन्तुष्ट छन् ।
उपमहानगरपालिकाले चालु आवको कात्तिक मसान्तसम्म यहाँका १९ वडामा गरी ३४० घरको नक्सापास गरिसकेको छ । ती सबै नक्सा उमहानगरपालिकाकै प्राविधिकले बनाएका हुन् ।
उपमहानगरपालिका कार्यालयमा सेवाग्राहीले निवेदनसहित जग्गाधनी पूर्जा, कर तिरेको रसिद, टे«स नक्सा ल्याएर आउनुपर्दछ । कार्यालयले नक्सा निःशुल्क तयार गरे पनि त्यसवापतको दस्तुर भने असुल गर्ने गरेको छ । उपमहानगरपालिकाले यसै वर्षदेखि जग्गाको प्लटिङ (खण्डीकरण) पनि रोकेको छ ।
Comments
अरु समाचार
-
बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित
काठमाडौं । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा...
-
हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम
काठमाडौं । ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न...
-
ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते
काठमाडौं । ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित टहरोमा आगलागी पाँच जना...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
मनाङका दुई अग्ला पहाडमा चट्टान आरोहण परीक्षण
काठमाडौं । अन्नपूर्ण पदमार्गअन्तर्गतका दुई अग्ला पहाडमा चट्टान आरोहण (रक क्लाइम्बिङ) परीक्षण गरिएको छ । मनाङको चामे गाउँपालिका–५ छिम्बु भिर...
-
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश...
-
दोदा नदीमा डुबेर दुईजनाको मृत्यु
काठमाडौं । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला...
-
वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ
काठमाडौं । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी...
-
बाजुराको खापरमा आगलागी, तीन घर नष्ट
काठमाडौं । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३ जुकोटको...