सूचनाको संवाहक बन्दै स्थानीय एफएम
बेझाड । स्थानीयस्तरमा सञ्चालित एफएम रेडियोले ग्रामीण भेगका जनतामाझ सूचना प्रवाह गर्दै आएका छन् । गाउँबस्तीका सूचना प्रवाह गर्ने भएकाले अहिले ग्रामीण भेगमा एफएम रेडियो सूचनाको संवाहक बनेका छन् ।
घरमै बसीबसी गाउँका खबर सुन्न पाउँदा आनन्द लाग्ने गरेको पाल्पा, निस्दी गाउँपालिका–४ मित्याल दुमिदमारका ५७ वर्षीय गेमबहादुर सोती बताउनुहुन्छ । “गाउँमा के भइरहेको छ, सबै खबर सुन्न पाउँदा निकै आनन्द आउँछ”, उहाँले भन्नुभयो ।
एफएम रेडियोले मान्छे हराएकोदेखि गाउँघरका आमा समूहको भेला, बैठक, गोष्ठीलगायतका विविध खबर प्रसारण गर्ने हुँदा गाउँ बस्तीमा यसको राम्रो प्रभाव परेको छ ।
शहरउन्मुख क्षेत्रमा सूचना, सञ्चार, इमेल, इन्टरनेटको पहुँचका कारण एफएम रेडियो सुन्ने स्रोता कमै हुन्छन् । विकट र दुर्गम गाउँ बस्तीमा भने मेलापात र घाँस दाउरा गर्न जाँदा साथमै रेडियो बोकेर जाने चलन छ । घरमै बसीबसी गाउँकै घटना सुन्न र खबर दिन सजिलो भएको मित्याल मौलाथरकै जबरसिं सारु बताउनुहुन्ँछ । “काम गर्दै रेडियो सुन्दै गर्दा समय बितेको पत्तै हुँदैन्,” उहाँले भन्नुभयो, “ मोबाइल राम्रोसँग प्रयोग गर्न पाइँदैन, रेडियो बजायो गाउँघरका खबर सुन्यो, बस्यो ।”
केन्द्रीयस्तरका सञ्चारमाध्यमले देश विदेशको खबर प्रसारण गर्ने हुँदा विकट र ग्रामीण भेगका बासिन्दाका लागि स्थानीय सञ्चारमाध्यम नै उपयुक्त रहेको मौलाथरका रुमबहादुर रानाले बताउनुभयो । “गाउँघरमा हरेक दिन भएका खबर समेटेर रेडियोले प्रसारण गर्ने हुँदा ग्रामीण भेगका बासिन्दालाई सूचना प्राप्त गर्ने राम्रो माध्यम बनेको छ” उहाँले भन्नुभयो ।
सूचनाको पहुँच नपुगेको ठाउँमा रेडियोले राम्रो प्रभाव पारेको, रेडियो समुदायकै हो भन्ने आभास जनमानसमा पर्दै गएको सामुदायिक रेडियो रामपुरका अध्यक्ष वासुदेव देवकोटाले बताउनुभयो । कालीगण्डकीबँेसी क्षेत्रमा हाल तीन एफएम रेडियो सञ्चालनमा छन् । यी रेडियोले ग्रामीण भेगमा राम्रो सूचना प्रवाह गर्दै आइरहेका छन् । गाउँका एफएम रेडियोले टोल बस्तीका हरेक दिनका गतिविधि प्रसारण गर्ने हुँदा दुर्गम र विकट गाउँका बासिन्दाका लागि सूचनाको राम्रो पहुँच पुगेको छ । ग्रामीण भेगका बासिन्दाका लागि एफएम रेडियो जीवनको एउटा साथी बनेको छ ।
Comments
अरु समाचार
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आजको राशिफलः २०८१ वैशाख २१ गते शुक्रवार
मेष: नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...
-
नेपालसामु जितका लागि २१० रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ ।...
-
नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
काठमाडौं । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
मादी नदीमा धमाधम पुल निर्माण हुँदै
काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।सवारी साधन...