जाडोका लागि जुत्ता सङ्कलन अभियान
काठमाडौँ । डोल्पाका विद्यार्थीलाई जाडोका लागि न्यानो जुत्ता पठाउन राजधानीका विद्यार्थी युवाले जुत्ता सङ्कलन गरेका छन् ।
एपेक्स कलेजका विद्यार्थीले ‘जाडोमा जुत्ता अभियान’ अन्तर्गत सङ्कलन गरेको ४७६ जोर जुत्ता ‘स्वतन्त्र जाग्रित युवा समूह’लाई हस्तान्तरण गरेका हुन् ।
‘एपेक्स हेल्थ एजुकेसन अवारनेस’का अध्यक्ष समेत रहेकी विद्यार्थी आष्मा पौडेलले डोल्पाका विद्यार्थीले कठ्याङ्ग्रिदो जाडोमा पनि नाङ्गै खुट्टा हिँड्न नपरोस् भनेर न्यानो जुत्ता सङ्कलन अभियान चलाएको बताउनुभयो ।
डोल्पाका विभिन्न विद्यालय र स्थानीय विपन्न समुदायलाई समेत जुत्ता वितरण गरिने युवा समूहका अध्यक्ष इञ्जिनीयर सशांक न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार डोल्पावासीलाई जाडोमा न्यानो जुत्ता लैजान युवा समूहले एक हप्तादेखि एक हजार जोड जुत्ता सङ्कलनका लागि कलेजमा अभियान चलाइरहेको र पुसको पहिलो साता सङ्कलित जुत्ता डोल्पा पु¥याएर वितरण गरिनेछ ।
राजधानी काठमाडौँका एपेक्स, नामी, ब्रुकलेन, नेपाल इञ्जिनीयरिङ कलेजलगायत ४० कलेजबाट जुत्ता सङ्कलन गरिनेछ । आजको युगमा कोही पनि नाङ्गो खुट्टा हिँड्न नपरोस् भनेर आफूहरुले यो अभियान शुरु गरेको अध्यक्ष न्यौपानेको भनाइ छ ।
कान्तिपुर क्याम्पसका स्ववियु सभापति पावल बज्राचार्यले काठमाडौँका युवाले लगाउन मिल्ने जुत्ता सङ्कलन गरेर विकट गाउँका विद्यार्थीलाई वितरण गर्ने उद्देश्यले अभियान चलाइएको बताउनुभयो । यो अभियानअन्तर्गत लगाउन मिल्ने ‘सेकेण्ड हेण्ड’ जुत्ता सङ्कलन गरिने छ ।
विगतमा विभिन्न संस्थाले जाडोमा न्यानो सिरक, कम्बल तथा अन्य लत्ताकपडा वितरण गर्ने गरेको सन्दर्भमा जाडोमा जुत्ता नयाँ अभियान हो ।
Comments
अरु समाचार
-
महोत्तरीमा दिनहुँजसो आगलागी
काठमाडौं । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो आगलागीका कहाली लाग्दा घटना बढेका छन् । पछिल्ला १० दिनमा...
-
बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड
काठमाडौं । बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै सचेतामूलक विषय समावेश गर्न जरुरी रहेकामा सरोकारवालाले जोड दिएका...
-
सिरहामा तीन वर्षीया बालिका हत्या अभियोगमा दुई जना पक्राउ
काठमाडौं । सिरहामा तीन वर्षिया बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिरहा नगरपालिका—१८ जरुवा लक्ष्मिनियाँ टोलका...
-
भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । आज...
-
बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
काठमाडौं । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ...
-
चुरे पहाडका अधिकांश वनमा डढेलो
काठमाडौं । कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश वनमा डढेलो फैलिँदै गएको छ । सामुदायिक वनका उपभोक्ताले...
-
बाजुरामा रेबिजविरुद्धको खोप अभाव
काठमाडौं । बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि...
-
स्याङ्जामा युवकको हत्या
काठमाडौं । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी...
-
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै
काठमाडौं । नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले...