पुस १५ गते सार्वजनिक विदा दिन गुरुङ समुदायको माग
बुटवल । गुरुङ समुदायले तमु ल्होसार ‘पुस १५’ मा राष्ट्रिय विदा दिन सरकारसँग माग गरेकाछन् ।
२०६२—२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङहरुको तमु ल्होसारसहित अन्य पाँच पर्वमा सार्वजनिक विदा दिएकामा वर्तमान सरकारले कटौती गरेको भन्दै तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले प्रधानमन्त्रीसँग विदा दिन माग गरेको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत प्रधानमन्त्रीलाई स्मरणपत्र बुझाउंदै परिषदले ल्होसारमा राष्ट्रिय विदा यथाशिघ्र पुनःस्थापित गर्न माग गरेको हो । नेपाल बहुजातीय, बहुभाषिक, बहु साँस्कृतिक र बहुधार्मिक मुलुक भएकाले यस किसिमको विविधतालाई सम्मान गर्दै सबै सामाजिक र धार्मिक समुहप्रति राज्यबाट समान व्यवहार हुनुपर्नेमा वर्तमान सरकारले यस बर्षदेखि सार्वजनिक विदाको सवालमा लिएको निर्णयले अन्यन्तै दुखित र आक्रोसित बनाएको स्मरणपत्रमा उल्लेख छ ।
‘२०६२—२०६३ को जनआन्दोलनको सफलतासँगै गठित अन्तरिम सरकारले आदिवासी जनजातिहरुको सांस्कृतिक पहिचानलाई सम्मान गर्दै ४५।३ प्रतिशत जनताले आदिमकाल देखि मनाउदै आएको उधौली—उभौली, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार र माघी—माघे संक्रान्ति गरी पाँच पर्वमा सार्वजनिक विदा दिएकोमा वर्तमान सरकारबाट भएको विदा कटौतीको जनजाति समुदायले घोर भत्र्सना गर्दछौं’ पत्रमा भनिएको छ ।
पत्रमा अगाडि भनिएको छ ‘नेपाल सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको नारालाई हामी पनि साथ दिन चाहन्छौं, तर ३५।३ प्रतिशत जनतालाई सडकमा जान बाध्य बनाएर यो नारा कदापी सफल हुंदैन ।’
सरकार सबै नेपालीको साझा अभिभावक हो भन्ने अनुभूति गराउने बाटोतर्फ अघि बढ्नुको साटो वर्तमान सरकारले घोषणा गरेको १५ दिनको सार्वजनिक विदाले सरकार एकल जाति, भाषा, संस्कार, संस्कृति र धर्मको पक्षमा मात्रै रहेको अनुभूति भएको परिषदले बताएको छ ।
मुलुक सबै जाति, समुदायको साझा हो भन्ने अनुभूति गराउन र असमानताको अन्त्यको लागि तमु ल्होसार ९पुस १५० गते विदा दिन माग गरिएको छ ।
तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद रुपन्देही अध्यक्ष विमला गुरुङ, उपाध्यक्ष रामबहादुर गुरुङ, सचिव ओम गुरुङ, सिद्धार्थनगरकी उपाध्यक्ष देवी गुरुङलगायतको टोली जिल्ला प्रशासन कर्यालय रुपन्देहीमा पुगेर प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामार्फत प्रधानमन्त्रीलाई स्मरणपत्र बुझाएका थिए ।
Comments
अरु समाचार
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...
-
नेपालसामु जितका लागि २१० रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ ।...
-
नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
काठमाडौं । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
मादी नदीमा धमाधम पुल निर्माण हुँदै
काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।सवारी साधन...
-
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति...
-
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित...
-
धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको जलेर मृत्यु भएको छ ।गएराति ७० वर्षीय...