घरमा आगो लाग्दा तीन बालबालिकाको मृत्यु
दाङ । दाङमा भएको आगलागीमा परि तीन जना बालबालिकाको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका वडा नं। ८ गुराँसे निवासी नवराज पुनको घरमा आगो लाग्दा उनका ७ बर्षीय छोरा कृष्णबहादुर पुन, ५ बर्षीया छोरी अस्मिता पुन र २ वर्ष ६ महिनाकी छोरी अन्जु पुनको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट घरमा रहेका ७ वटा बाख्रा र ४ वटा गाई समेत जलेर मरेका छन् । दाङ जिल्ला प्रहरी प्रवक्ता एवम् डिएसपी रामप्रशाद घर्तीले पुनकी श्रीमती जीवना पुन १ बर्ष ४ महिनाको छोरा विरामी भएको हुँदा झारफुक गराउन भनि गाउँमा जाँदा अन्य तीन छोरा छोरीलाई घरमा एक्लै सुताएर गएको समयमा आगलागी भएको जानकारी दिए।
पुनको ४ कोठाको २ तल्ले फूसको छानोयुक्त कच्ची घरमा सोलारको व्याट्री पड्किएर उक्त आगलागी भएको प्रहरीले बताएको छ। बिहीबार साँझ ६ बजेतिर घरमा आगो लागेको थियो।
प्रहरी चौकी हाँसिपुरबाट गएको प्रहरी र स्थानीयको सहयोगमा रातको १२ बजेतिर मात्रै घरको आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ। घर मुली नवराज पुन भने घरमा नरहेको प्रहरीले जानकारी दिएको छ।
Comments
अरु समाचार
-
विस्तृत शान्ति सम्झौताको १८ वर्ष : ‘पीडित अझै न्याय पाउने आशमा’
काठमाडौँ: नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पूरा भएको छ । तर द्वन्द्वमा प्रत्यक्ष प्रभावित...
-
आजको राशिफलः २०८१ कार्तिक ५ गते बुधवार
मेषः मिहिनेत गर्दा भाग्यले साथ दिनेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा...
-
धादिङको खयरघारीमा आज बिहान त्रिशूलीमा ट्रक खस्यो, तीनजनाको उद्धार
धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० स्थित खयरघारीबाट मालवाहक ट्रक त्रिशूली नदीमा खसेको छ । नवलपरासीबाट चामल...
-
आजको राशिफल: २०८१ साल मंसिर ४ गते मंगलवार
मेष :साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। रोकिएका काम...
-
आजको राशिफलः २०८१ साल मंसिर २ गते आइतवार
मेष: सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने...
-
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न जिल्लामा भएका बाल विवाह अन्त्य गर्ने उद्देश्यले ‘बालविवाह अन्त्यका लागि...
-
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ: हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम...
-
आजको राशिफल: २०८१ साल मंसिर १ गते शनिवार
मेष: राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा...
-
छाला नपाउँदा मादल बनाउन समस्या, पेशा संकटमा
दमौली (तनहुँ): तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै हुनुहुन्थ्यो । मादल बनाउने...