राजापाक्षेद्वारा राजीनामा
कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाद्वारा सात हप्ताअगाडि प्रधानमन्त्री पदमा नियुक्त भएका महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । गत शनिबार आफ्नै निवासमा उनका समर्थक र पत्रकारहरूमाझ राजापाक्षेले राजीनामा दिएका हुन् ।
राजापाक्षेका छोरा नमाल राजापाक्षेका अनुसार राष्ट्रिय स्थायित्वका लागि उनले राजीनामा दिएका हुन् । राजापाक्षेको राजीनामाले श्रीलंकामा देखिएको झन्डै दुई महिना लामो शक्तिसंघर्ष र राजनीतिक संकटको अन्त्य हुने अपेक्षा गरिएको छ ।
गत बिहीबार श्रीलंकाको सर्वोच्च अदालतले संसद् विघटन गर्ने राष्ट्रपति मैत्रिपाला सिरिसेनाको निर्णय अवैधानिक रहेको फैसला गरेको थियो । सर्वोच्च अदालतका सातजना न्यायाधीशको संयुक्त इजलासले सर्वसम्मत रूपमा राष्ट्रपतिको संसद् विघटन गर्ने निर्णय गलत भएको ठहर गरेको थियो । सर्वोच्चको फैसलासँगै राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री पदमा नियुक्त गरेक राजापाक्षे पनि दबाबमा परेका थिए ।
विक्रमासिंगेको जित
राष्ट्रपति सिरिसेनाले गत अक्टोबरमा तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंगेलाई अपदस्थ गर्दै पूर्वराष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलंकामा राजनीतिक संकट सुरु भएको थियो । तर, राष्ट्रपति सिरिसेनाको कदम असंवैधानिक भएको भन्दै विक्रमासिंगेले अदालतको ढोका ढक्ढकाएका थिए । साथै, विक्रमासिंगेले गत बुधबार संसद्मा आफ्नो बहुमतसमेत प्रमाणित गरिसकेका छन् भने राजापाक्षेविरुद्ध संसद्ले अविश्वास प्रस्ताव पारित गरेको छ ।
२ सय २५ सांसद रहेको संसद्मा आफूले बहुमत प्रमाणित गरेर देखाउने दाबी विक्रमासिंगेले गर्दै आएका थिए । यसैबीच, सर्वाेच्च अदालतले राष्ट्रपति सिरिसेनाको कदमलाई असंवैधानिक ठहर गरेपछि विक्रमासिंगेलाई प्रधानमन्त्रीको पद सम्हाल्ने बाटो खुलेको थियो । आइतबारबाट विक्रमासिंगेले प्रधानमन्त्री पद सम्हाल्ने अपेक्षा गरिएको छ ।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...