ताजा समाचार

भृकुटीमण्डपमा ‘सेमि–परमानेन्ट स्टल’ राखिने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मुलुकमा गणतन्त्र आएपनि अहिलेसम्म नेपाली जनताको सोच र संस्कारमा परिवर्तन नआएको गुनासो पोखेकी छिन् ।

उनले भनिन्,‘अझैपनि हामीहररूसँग पितृसतात्मक सोच छ । महिलाहरूले अझैपनि आफ्नो हक र अधिकार प्राप्तिको लागि संघर्ष गरिरहनु परेको अवस्था छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक स्थानमा पुगिसक्दा पनि हामी नेपालीहरूको सोचमा व्यवस्थाअनुसार परिवर्तन आएको छैन् ।’ काठमाडौं निम्न व्यापारी संघ भृकुटिमण्डप खुल्लाबजारको २६ औं स्थापना दिवसका अबसरमा सोमबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएकी हुन् ।

जनतासँग सरोकार राख्ने कानुन निर्माणले तिव्रता पाउने उनको भनाई छ । उनले जनतासंग सरोकार राख्ने केही कानुन निर्माण भईसकेको र अब बाकी कानुन निर्माणको कामले तिव्रता पाउने बताईन ।
मन्त्री थापाले संघीय संरचनाको स्थापित भैसकेपछि मौलिक हकसंग सम्बन्धित काम बनाईसकेको बताईन् । उनले निर्वाचनका बेला जनतासंग गरेका प्रतिवद्धताहरु पनि सरकारले क्रमशः पुरा गर्दे लैजाने विश्वास दिलाईन् ।

संविधान र कानुनमा भएका बिषयहरुलाई कार्यान्वयनका लागि नीति बनाएर अघि बढाउने क्रममा सरकार रहेको पनि उनले जनाईन् । मन्त्री थापाले जनताको हक र हितका लागि नै सरकार आफ्नो काममा केन्द्रित भएको जिकिर गरिन् ।

त्यस्तै मन्त्री थापाले भृकुटीमण्डप खुल्लाबजारमा त्रिपालको स्टल हटाएर यही वर्षभित्र ‘सेमि–परमानेन्ट स्टल’ राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । दिवसका अवसरमा संघले बृहत्त रक्तदान कार्यक्रमको समेत आयोजना गरेको संघका अध्यक्ष लक्ष्मी प्रसाद ओलीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org