ताजा समाचार

नेप्सेमा सूचीकृत ३ कम्पनीले साधारणसभा डाके, ग्लोबल आइएमईले पुँजी बढाउन विशेष प्रस्ताव लैजाने, अन्य दुईको के छ योजना ?

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत तीन कम्पनीले साधारणसभा डाकेका छन्। ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र काबेली विकास बैंकले साधारणसभा बोलाएका हुन्।

ग्लोबल आइएमई बैंकले पुस २७ गते साधारणसभा बोलाएको छ। उक्त साधारणसभाकालि बैंकले पुस १३ गते बुक क्लोज गर्ने जनाएको छ।

 

बैंकले उक्त साधारणसभामा शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने छ। बैंकले अधिकृत पुँजीलाई १० अर्ब रुपैयाँबाट बढाएर १६ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव गर्ने छ।

बैंकले अन्य बैंकलाई गाभ्ने गाभिने वा प्राप्ति गर्न समेत साधारणसभामा प्रस्ताव लैजाने भएको छ।

नेपाल ईन्भेष्टमेन्ट बैंकले पुस २९ गते सधारणसभा गर्ने भएको छ। उक्त साधारणसभाकालागि बैंकले पुस ११ गतेदेखि साधारणसभा नभएसम्म बुक क्लोज गर्ने जनाएको छ।

बैंकले साधारणसभामा २२ प्रतिशत नगद लाभांश पारित गर्नेछ। पुस १० गतेसम्म दोस्रो बजारमा शेयर खरिद गर्नेले साधारणसभामा भाग लिन पाउने छन्।

काबेली विकास बैंकले पुस २८ गते साधारणसभा गर्नेछ। साधारणसभाकालागि पुस १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ।

बैंकले ३५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव साभारणसभाबाट पारित गर्नेछ। पुस १२ गतेसम्म दोस्रो बजारमा शेयर खरिद गर्नेले घोषित लाभांश पाउने छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org