ताजा समाचार

पूर्वराष्ट्रपति ओबामा उपहारको पोको बोकेर बालबालिका भेट्न अस्पताल पुग्दा… (भिडियाेसहित)

एजेन्सी । क्रिसमसको अवसरमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा उपहारकाे पाको बोकेर बालबालिकालाई भेट्न अस्पताल पुगेका छन् । बुधबार  बालबालिकालाई उपहार बाढ्न बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल अस्पतालमा पुगेका हुन् ।

सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा उपहारको पोको बोकेर पुगेका ओबामाले बालबालिकालाई उपहार बाँडेका छन्। ओबामालाई यस्तो अवस्थामा देखेर अधिकांश व्यक्तिहरू आश्चर्यमा परे।

त्यसपछि उनले अस्पतालमा रहेका बिरामी बालबालिकालाई उपहार दिनुका साथै तस्वीरसमेत खिचाएका छन् ।अन्तराष्ट्रि सञ्चारमाध्यका अनुसार उनलेअस्पतालमा करिब डेढ घन्टा बिताएका थिए। उनले अस्पतालमा बालबालिकासँगै चिकित्सक तथा नर्ससँगसमेत भलाकुसारी गरेका थिए।

आफ्ना बालबालिकाको बिमारीबाट चिन्तित अभिभावकलाई ओबामाले सहानुभूति पनि दिएका छन् ।  बालबालिकालाई दिने उपहारको पोको बोकेर हिँडेका ओबामाको फोटो र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org