ताजा समाचार

सेञ्चुरी बैंकद्वारा विद्यालयलाई कम्प्युटर र झोला वितरण

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले सूर्यविनायक नगरपालिकामा रहेक दुइवटा विद्यायललाई कम्प्युटर र झोला वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त नगरपालिकामा रहेको बाल विनायक आधारभूत विद्यालयलाई एक थान कम्प्युटर दिएको छ । उक्त कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक बाबु काजी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन । उक्त कार्यक्रममा बैंकका मार्केटिङ्ग म्यानेजर सुबास शर्मा र विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष कृष्ण सिल्वाल र हालका अध्यक्ष सुबास कार्की तथा अन्य पदआधिकारीहरुको उपस्थिती रहेको थियो ।

साथै बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले सूर्यविनायकमा रहेको अर्को विद्यालय श्री बाल चेतन आधारभूत विद्यालयका प्रधानाध्यापक राम शरण खड्कालाई ३५ थान स्कुल ब्यागसमेत हस्तान्तरण गरेका छन । बैंकले आफ्नो विभिन्न शाखा कार्यलयहरुबाट शिक्षा क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुपै कार्यक्रमहरु गर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org