बैंक तथा वित्त समूह नै अग्रस्थानमा
काठमाडौँ । धितोपत्र बजारमा यस साता बैंक तथा वित्तीय संस्थाको शेयर नै बढी कारोवार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी शेयर कारोवार भएको छ । सो बैंकको ७११ कित्ता शेयर खरीद बिक्री भएका छन् ।
दोस्रोमा एनएमबी बैंकको ६१२ कित्ता, प्राइम बैंकको ५६०, सनराइज बैंकको ४९५ कित्ता शेयर कारोवार भएका छन् ।
यस्तै नेपाल क्रेडिट एउण्ड कर्मस बैंकको ४४९, प्रभु बैंकको ४३३, ग्लोबल आइएमइ बैंकको ३८४, जलविद्युत् लगानी तथा विकास कम्पनीको २५८, लुम्बिनी विकास बैंकको २५६ र नेपाल इन्भेस्टमेन्ट बैंकको २३९ कित्ता शेयर खरीद बिक्री भएका छन् ।
स्टकमा यस साता विभिन्न चार कम्पनीको बोनस शेयर सूचीकृत भएका छन् । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको चार लाख २९ हजार कित्ता बोनस शेयर सूचीकृत भएका छन् । यस्तै जनउत्थान लघुवित्त वित्तीय संस्थाको ४८ हजार कित्ता, ओरियन्ट होटलको १४ लाख एक हजार ३५४ र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको दुई लाख ४४ हजार ९९५ कित्ता बोनस शेयरसमेत सूचीकृत भएका छन् ।
यस्तै बजार पूँजीकरणका आधारमा नेपाल टेलिकम नै अग्रस्थानमा छ । सो कम्पनीको रु एक अर्ब १९ अर्ब ५५ करोड बराबरको बजार पूँजीकरण रहेको छ । यस्तै दोस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक छ ।
सो बैंकको रु ७१ अर्ब ७२ करोड ७९ लाख बराबरको बजार पूँजीकरण रहेको छ । तेस्रोमा नवील बैंक, चौथोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, पाँचौँमा स्ट्याण्र्डड चार्टड बैंक, छैटौँमा एभरेष्ट बैंक रहेको छ ।
स्टकका अनुसार गत साताको कारोवारका आधारमा सातौँमा हिमालयन बैंक, आठौँमा एनआइसी एशिया बैंक, नवौँमा नेपाल एसबिआइ बैंक र दशौँमा एनएमबी बैंक रहेको छ ।
Comments
अरु समाचार
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ...
-
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत रु एक सय ११ खर्ब
काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले...
-
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७...
-
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १...
-
सामान्य घट्यो सुनको मुल्य
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि...