ताजा समाचार

बीस बैंकको लाभांश घोषणा (सूचीसहित)

काठमाडौँ ।  २० वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन्। गत आर्थिक वर्षको नाफाबाट अझै ९ बैंकले लाभांश घोषणा गर्न बाँकी छ। यस पटक बैंकहरुले बोनस सेयरभन्दा नगद लाभांशलाई प्राथमिकता दिएका छन्।

गत वर्षसम्म चुक्ता पुँजी बढाउनुपर्ने बाध्यता रहेकोमा सबैले पुर्याइसकेकाले नगद लाभांशलाई जोड दिएका हुन्। चुक्ता पुँजी बढाउनु पर्दा यसअघि हकप्रद र बोनस सेयर प्रशस्त जारी गरेका बैंकहरुले यो पटक नगदलाई प्राथमिकता दिएका हुन्।

कसरी गणना गर्ने प्राप्त हुने लाभांश ?

बैंकहरुले गत आवको नाफाबाट चुक्ता पुँजीको दरमा लाभांश दिने गर्छन् । आफूसँग भएको सेयर संख्यालाई कम्पनीले दिने लाभांशले गुणा गरी १ सयले भाग गरेपछि प्राप्त हुने लाभांश निकाल्न सकिन्छ।

मानौँ तपाईसँग ए कम्पनीको १ सय कित्ता सेयर छ, सो कम्पनीले १५ प्रतिशत नगद लाभांश र १० प्रतिशत सेयर बोनस दिने भएमा तपाईले १५ सय नगद पाउनुहुन्छ भने १० कित्ता सेयर थप पाउनुहुन्छ।

दुवै लाभांशमा ५ प्रतिशत कर तिर्नुपर्छ । नगद लाभांशका हकमा पुँजीगत लाभकर कटौतीपछि बैंक खातामा जम्मा हुन्छ। बोनस सेयरको हकमा प्रायः कम्पनीले नै करको व्यवस्था गरेका हुन्छन्।

यदी नगरेको खण्डमा पाएको बोनस सेयर संख्यालाई अंकित मूल्य १ सयले गुणा गरी त्यसैको ५ प्रतिशत रकम सम्बद्ध बैंक खातामा जम्मा गरिदिनुपर्छ। सो कर तिरेपछि मात्रै डिम्याट खातामा बोनस सेयर थपिने छ।

कुन बैंकले कति लाभांश घोषणा गरे ?

 

बैंक बोनस लाभांश नगद लाभांश जम्मा
इन्भेष्टमेन्ट १८ २२ ४०
नविल १२ २२ ३४
एनएमबि १० २० ३०
बिओके १४ ११ २५
एभरेष्ट २० २०
स्टान्डर्ड १७. ५ १७. ५
ग्लोबल आइएएमई १६ १६
प्राइम कमर्सियल १६ १६
एसबिआई १०.७९ १५.७९
हिमालयन १०.७९ १५.७९
सानिमा १४ १४
सिद्धार्थ ८.१६ १३.१६
सनराइज ११.५ ११.५
नेपाल बंगलादेश १०. ५३ १०.५३
एनआइसी एसिया १० ०. ५३ १०. ५३
मछापुच्छ्रे १० १०
जनता ८.५ ८.५
मेगा ६.८५ ७.८५
सिटिजन्स ३.६३ १.६४ ५.६२

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org